एमाले-माओवादी एकता संयोजन समितिको बैठक बालकोटमा सुरु

एमाले-माओवादी एकता संयोजन समितिको बैठक बालकोटमा सुरु

काठमाडौं : एमाले र माओवादी एकता संयोजन समितिको बैठक बालकोटमा सुरु भएको छ। एमाले अध्यक्ष ओली निवास बालकोटमा सुरु बैठकमा एकता संयोजन समितिले तीनवटा एजेन्डामा छलफल गर्दै छ।

एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जानुअघि पार्टी एकतालाई मूर्तरुप दिने निचोडमा पुगेका दुई दलबीचको बैठकमा पार्टी एकताका लागि संयुक्त कार्यदल निर्माण, एकीकृत पार्टीको वैचारिक नीतिको स्वरुप निर्माण र सांगठानिक संरचनाबारे छलफल हुँदै छ।

‘पार्टी एकताप्रक्रिया धेरै अगाडि बढिसकेको छ। दुई दलबीचको एकता संयोजन बैठकले तीनवटा एजेन्डामा छलफल गर्नेछ’, ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले भने, ‘यौ बैठकले एकता प्रक्रियालाई औपचारिकरुपमा अघि लानेछ।’Image may contain: 2 people, people sitting, table and indoor

वैचारिक नीतिमा विवाद

दुई पार्टीको एकतापछि बन्ने नयाँ पार्टीको वैचारिक नीति के हुने भन्ने विवादको निचोड निस्किसकेको छैन। एमालेले माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो प्रमुख विचार मान्दै आएको छ भने माओवादी केन्द्रले माओत्से तुङको विचारधारालाई प्रमुख मान्दै आएको छ।

यो अवस्थामा एमालेभित्र वैचारिक नीतिलाई अझ धेरै विवाद छ। एमालेका उपमहासचिव घनश्याम भुसालले एकतासँगै तत्कालीन महासविच मदन भण्डारीबाट प्रतिपादित जबजको ‘च्याप्टर क्लोज’ नै भइसकेको बताएका छन्।  अर्कातिर एमालेकै अर्को खेमाका केही नेताहरुले भने च्याप्टर क्लोज नभइ जबजको औचित्य अझै बढेको बताउँदै आएका छन्।

माओवादी केन्द्रमा पनि नयाँ पार्टीको वैचारिक नीतिमा विवाद छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबज नेपाली कम्युनिस्टको मौलिक विचार भएको भन्दै त्यसलाई स्वीकार्न समस्या नहुने बताइसकेका छन्।

दुई पार्टीको एकीकरणपछि बन्ने नयाँ पार्टीले मालेमावाद, माओवादी र जबजलाई मिलाएर एकीकृत वैचारिक नीति बनाउने याँ नयाँ विचार नीति अपनाउने कुराको निचोडमा पगिसकेका छैनन्।

सांगठानिक संरचना

दुई पार्टीबीचमा सांगठनिक संरचनामा पनि विवाद रहेको छ। शीर्ष नेतालाई सबैभन्दा अफ्ठेरो पनि यसैले पारेको छ। दुवै पार्टीका नेताहरुलाई व्यवस्थापन गर्नुपर्ने भएको पार्टी एकता संयोजन समितिमा यसबारे पनि छलफल हुँदैछ।

पार्टीको नेतृत्व प्रणालीबारे दुई दलबीच सहमति जुट्न सकेको छैन। एमालेका केही नेताहरुले ओली प्रधानमन्त्रीसँगै पार्टीको अध्यक्ष पनि हुने बताउँदै आएका छन्।

एमाले नेता शंकर पोखरेलसहितले नयाँ पार्टीको महाधिवेशन नहुनजेललाई दुई जना सह–अध्यक्ष हुने तर्क गर्दै आएका छन्। तर, ओली र दाहालबीच यसअघि भएका वान टु वान वार्ताको निचोडबारे अहिलेसम्म दुवै नेताले खुलासा गरिनसकेकाले दोस्रो तहका नेताका यी तर्क केबल बहसमै सीमित भएका छन्।

एमाले भित्रै इश्वर पोखरेलसहतिका नेताले पनि बहुपदीयमा जान नहुने अडान राख्दै आएका छन्। त्यसैगरी माओवादी केन्द्रका नेताहरुले भने एकै व्यक्तिले बहुपद लिन नहुने बताउँदै ओली प्रधानमन्त्री भएको अवस्थामा दाहालले पार्टीको कमाण्ड सम्हाल्नुपर्ने तर्क गरिरहेका छन्। अर्कातिर अधिकार बाँडफाँट पनि सम्मानजनक हुनुपर्ने अडान माओवादीको तर्फबाट राखिएको छ।

कार्यदल बन्दै

बालकोटमा बस्ने बैठकबाट एकताका लागि वैचारिक–राजनीतिक र सांगठानिक सहमति खोज्न संयुक्त कार्यदल बनाइने भएको छ। आइतबार साँझ ओली निवासमा भएको प्रचण्ड र ओलीबीचको उच्चस्तरीय भेटवार्तापछि मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले कार्यदल बनाएर एकता प्रक्रियाअघि बढाउने जिम्मा उसैलाई दिने सहमति भएको थियो।

संयोजन समितिमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल छन् भने माओवादीको तर्फबाट अध्यक्ष प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.