विश्वप्रकाश शर्मा कांग्रेसको प्रवक्ता

विश्वप्रकाश शर्मा कांग्रेसको प्रवक्ता

काठमाडौं : कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वप्रकाश शर्मालाई पार्टीको प्रवक्ता बनाएका छन् । प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले मंगलबार दिउँसो शर्मालाई पार्टी प्रवक्ताको पत्र दिएको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । 

यसअघि कांग्रेस प्रवक्ताको रुपमा गगन थापाको नाम चर्चामा थियो । सभापति देउवाले पार्टी महाधिवेशन सम्पन्न भएको १८ महिनापछि शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

कांग्रेसका चर्चित युवा नेता शर्मा प्रतिनिधिसभाको निर्वाचनमा झापा १ मा माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित भएका हुन् ।निर्वाचनमा पराजित हुँदा पनि प्रतिद्वन्द्वीलाई मित्रतापूर्ण व्यवहार गरेको भन्दै शर्माको चौतर्फी प्रशंसा भएको थियो ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि शर्मा २०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका नेता हुन् । शर्मा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पूर्व अध्यक्ष समेत हुन् । २०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा जन्मिएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशासत्रमा स्नातकोत्तर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.