भारतीय राजदूतले खुमलटार पुगेर प्रचण्डलाई भेटे

भारतीय राजदूतले खुमलटार पुगेर प्रचण्डलाई भेटे

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राजदूत मञ्जिवसिंह पुरीबीच भेटवार्ता भएको छ। एमालेसँग पार्टी एकता प्रक्रिया अघि बढिरहेका बेला भारतीय राजदूत पुरी मंगलबार बिहान पौने ९ बजे अध्यक्ष दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गर्न गठित समितिको बैठक बस्नुअघि बिहान भारतीय राजदूतले अध्यक्ष दाहाललाई भेटेका हुन्। यद्यपि यो भेटलाई प्रचण्डको सचिवालयले सार्वजनिक गर्न अस्वीकार गरेको छ।

प्रचण्डका स्वकीय सचिव मनहरि तिमल्सिनाले भारतीय राजदूत खुमलटार पुगेको कुरा आफूले थाहा नपाएको उल्लेख गरे । तर,  भारतीय राजदूत पुरी बिहान पौने ९ बजे खुमलटारस्थित प्रचण्ड निवास एमालेसँगको पार्टी एकताबारे गम्भीर चासो राखेको स्रोतले जनाएको छ ।

मंगलबार दिउँसो ३ बजे एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न गठित समितिको बैठक एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा बसेको छ। भेटका क्रममा राजदूत पुरीले दुई वाम पार्टीबीचको एकताबारेमा प्रश्न गर्दै नेपालको विकसित राजनीतिक परिस्थितिबारे पनि प्रचण्डसँग छलफल गरेका थिए ।

यसअघि दाहालले सोमबार दिउँसो नेपाल–भारतबीच भएका सन्धि, सम्झौता र सीमा सम्बन्धबारे अध्ययन गर्न बनेको प्रबुद्ध समूहको नेपाली प्रतिनिधि मण्डलसँग भेटेका थिए। समूहले नेपाल–भारत सीमा सम्बन्ध र सन्धि पूनरावलोकनबारे भएको प्रगतिबारे प्रचण्डलाई जानकारी गराएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.