कांग्रेसको प्रवक्ता बनेपछि विश्वप्रकाश शर्माले यसो भने

कांग्रेसको प्रवक्ता बनेपछि विश्वप्रकाश शर्माले यसो भने

काठमाडौं: युवा नेता विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको प्रवक्तामा नियुक्त भएका छन् । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुरले प्रवक्तामा नियुक्त गरेपछि शर्माले कांग्रेसका आधिकारिक धारणा र सार्वजनिक चासोका कुरा पस्ट्याउने बताए ।

गुटगत भेला स्वभाविक

शर्माले प्रवक्ता भएपछि पहिलो प्रतिक्रिया दिँदै कांग्रेसका गुटगत भेला स्वभाविक भएको बताए । प्रवक्ता शर्माले फुटबलमा हारेर मैदानबाट निस्किएको टिममा एक अर्काको कमीकमजोरी खोजिनु स्वभाविक भएको बताए ।

‘फुटबलमा हारेर मैदानबाट निस्किएको टिममा कमीकमजोरीको खोजी हुन्छ’, शर्माले भने, ‘हाम्रो पार्टीमा समेत त्यही भएको हो, अनौपचारिक छलफल बैठक भइरहन्छन् ।’

उनले अबका दिनमा पार्टीको आधिकारिक धारण आफूमार्फत बाहिर आउने बताए । प्रवक्ता शर्माले पार्टी गम्भीर आत्मासमिक्षाको अवस्थामा रहेको बताए । ‘प्रतिनिधि सभा र प्रदेश सभामा भएको पराजयको गम्भीर आत्मासमिक्षाको चरणमा जाँदैछौ’, उनले थपे ।

हारमा दुई प्रमुख कारण

प्रवक्ता शर्मा कांग्रेसको पराजय पछाडि आन्तरिक र बाह्य दुवै कारण रहेको बताउँछन् । निर्वाचनमा मुखमा भएको वाम गठबन्धनदेखि आफ्नो सरकारले गरेका राम्रा काम जनतामा पुर्या‍उन नसक्दा कांग्रेसले हार्नुपरेको उनको भनाइ छ । उनले शान्तिप्रक्रियालाई निस्कर्षमा पुर्याउने, सविधान निर्माण गर्नेदेखि स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक गराउन सफल कांग्रेसले त्यो कुरा जनतालाई बुझाउन नसकेको बताए ।

कांग्रेसका बौद्धिक र प्रखर वक्ता शर्माले छिट्टै केन्द्रीय समितिको बैठक बोलाइने बताए । उनले केन्द्रीय समिति बैठकमार्फत महासमिति बैठक बसी निर्वाचनमा भएको पराजयको कारण र पार्टीको पुनर्जागरण आदि विषयमा छलफल हुने बताए ।

नवनियुक्त प्रवक्ता शर्मा झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र कुमार कार्की (राम कार्की)सँग गत निर्वाचनमा झिनो मतले पराजित भएका थिए । शर्माले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसको पराजयसँगै कार्यकर्ताको मनोबल बढाउने उद्धेश्यका साथ मेची–महाकाली अभियान समेत सुरु गरेका छन् ।

पराजयपछि नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला शर्मा वर्तमान सभापति शेरबहादुर देउवाको पक्षमा देखिएका थिए । गगन थापा, नवीन्द्रराज जोशी र प्रदिप पौडेल लगायत नेताले विशेष महाधिवेशन माग गरिरहेको अवस्था शर्मा त्यसको विपक्षमा उभिएका थिए ।

विश्वप्रकाशको अन्तर्वार्ता : 'अस्पताल पुगेको कांग्रेस सानोतिनो उपचारले निको हुँदैन'

कांग्रेसको नेतृत्व फेर्ने प्रस्तावविरुद्ध किन उभिए विश्वप्रकाश ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.