भक्तपुरकै टीमबाट खेल्छन् विदेशी खेलाडी

भक्तपुरकै टीमबाट खेल्छन् विदेशी खेलाडी

भक्तपुर : भक्तपुरमा जारी सुटर्स कप फुटबल प्रतियोगितामा सहभागी भक्तपुरका दुई टीमले चार विदेशी खेलाडीलाई खेलाएका छन्। जसमा तीनजना नाइजेरियन खेलाडी र एक जना बुर्किना फासोका रहेका छन्।

मंगलबार पहिलो खेल खेलेको भक्तपुर युनाइटेडले मात्रै तीनजना विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो। उसले दुईजना नाइजेरियन र एकजना बुर्किना फासोका खेलाडीलाई मंगलबार टीम स्पिडविरुद्ध उतारेको थियो।

भक्तपुर युनाइटेडले बुर्किना फासोका याकुबलाई स्ट्राइकरको रुपमा मैदानमा उतारेको थियो। याकुबले मंगलबार पहिलो खेलमै गोल गर्दै भक्तपुर युनाइटेडलाई जिताए पनि। त्यस्तै नाइजेरियन खेलाडीद्वय मर्सी र सेगइनलाई क्रमशः मिल्ड फिल्डर र डिफेन्डरमा उतारेको थियो।

विदेशी खेलाडीको सहयोगमा टीम स्पिडलाई आछु आछु पारेको भक्तपुर युनाइटेडले मंगलबार जीत दर्ता गर्दै प्रतियोगिताको क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

त्यस्तै अर्का नाइजेरिन खेलाडी जोनाह ग्लोरीलाई भक्तपुरकै माउन्ट भ्याली फुटबल क्लव मैदानमा उतारेको थियो। उसले पनि मंगलबार पहिलो खेल खेलेकोमा ग्लोरीले खेलमा दुई गोल गरेका थिए। उक्त स्पर्धामा माउन्ट भ्यालीले म्यानचेस्टर युनाइटेड फुटबल क्लवलाई ४-० गोलले पन्छाउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

उक्त स्पर्धामा विकास लामा र साजन डंगोलले एकएक गोल थपेका थिए। भक्तपुर युनाइटेड र माउन्ट भ्यालीले कति रकम दिएर विदेशी खेलाडी ल्याएको भन्ने बारेमा बताउन चाहेनन्। भक्तपुर युनाइटेडका म्यानेजर वीरेन्द्रप्रसाद गोसाईले आफ्नो क्लवका खेलाडीहरुकै साथी भएकाले उनीहरुलाई खेलाएको जानकारी दिए।

‘विदेशी खेलाडीहरु हाम्रो क्लवका खेलाडीका साथीहरु नै हुन्’, उनले भने, ‘त्यसैले उनीहरुले खेल्छु भने सोहीअनुसार हामीले क्लवको जर्सी र खाना तथा खाजाको मात्रै व्यवस्था गरेका हौं।’

माउन्ट भ्यालीका म्यानेजर प्रभात राईले पनि भक्तपुर युनाइटेडका म्यानेजर गोसाईकै भनाइ दोहोर्‍याए। ‘हाम्रै क्लवका खेलाडीका साथी भएकाले खेल खेल्छु भनेपछि जर्सी उपलब्ध गराएका हौं’, प्रभातले भने, ‘खेल अवधिबार खाना र खाजा खुवाउँछौं। अरु पैसा तिरेको छैन।’

तर सुटर कप फुटबल प्रतियोगिता भइरहेको भक्तपुरको माहेश्वरी खेल मैदानमा भने माउन्ट भ्यालीले ग्लोरीलाई प्रतिखेल तीन हजार रुपैयाँ दिने गरेको चर्चा छ।

त्यस्तै भक्तपुर युनाइटेडले भने एउटा खेल बराबर एकजना विदेशी खेलाडीलाई कम्तीमा चार रुपैयाँ तिरेको चर्चा छ। व्यवसायिक फुटबल खेल्न काठमाडौंका विभिन्न क्लवहरुले ल्याएका यी विदेशी खेलाडीहरु एन्फाका लिग खेलहरु रोकिँदा मैदानमा जान पाएका छैनन्। यस्तो अवस्थामा उनीहरु मैदान छिर्ने अवसरको खोजीमा रहने हुँदा सस्तो पैसामा पनि फुटबल खेल्न तयार हुने गरेको बुझिएको छ।

सुटर फुटसल क्लवद्वारा आयोजित प्रतियोगिताअन्तर्गत मंगलबार भएका बाँकी दुई स्पर्धामा गोर्खे र अर्किड फुटबल क्लव क्वार्टरफाइनलमा पुगेका छन्।

गोर्खेले रियल फुटबल क्लवलाई २-१ गोलले पन्छाएको हो। उसको लागि आशिष श्रेष्ठ र अन्जन राईले एकएक गोल गर्दा रियलका प्रवेश श्रेष्ठले एक गोल फर्काए।

त्यस्तै काठमाडौंका अर्किडले आयुष फुटबल क्लवलाई ३-२ गोलले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गर्‍यो। खेलमा अर्किडका सूर्य सुनुवार र सागर गौतमले एकएक गोल गरेका थिए। एक गोल आत्मघातीबाट पाउँदा नतिजा अर्किडको पक्ष गएको थियो आयुषको लागि दुवै गोल अनिष थापामगरले गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.