रुपन्देही सुदुरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

रुपन्देही सुदुरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

धनगढी : अग्नि रुपन्देही ११ धनगढीमा जारी दोस्रो आमन्त्रित अन्तराष्ट्रिय नेपाल आइस सुदुरपश्चिम खप्तड गोल्डकपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । भुटानको ड्रुकस्टार क्लवलाई ३–२ ले पराजित गर्दै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

क्वार्टरफाइनलमा पुग्ने क्रममा रुपन्देहीले पहिलो हाफमा २–० ले अग्रता लियो भने दोश्रो हाफमा थप १ गोल गर्यो । उता भुटानले दोस्रो हाफमा २ गोल गर्यो‍ ।
रुपन्देही ११ का लागि अमर डङगोलले पहिलो हाफको २२ औँ र ३८ औ मिनेटमा गोल गरे भने मनिष थापाले दोस्रो हाफको ६९ औ मिनेटमा तेश्रो गोल गरे ।
भुटानको डुकस्टार क्लवको तर्फबाट ५८ औँ मिनेटमा क्वीन्गा चब्गे र अतिरिक्त समयको दोश्रो मिनेटमा एसी दोर्जीले गोल गरे । भुटानले अन्तिम समयमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न परेको हो ।

गौतम श्रेष्ठले डि बक्स भित्र फल गरेपछि डुकस्टारले पेनाल्टी पाएको थियो । तर पेनाल्टीमा केजङ वाङजीको प्रहारलाई रुपन्देहीका गोल किपर सुजित गुरुङले बचाए । खेलका म्यान अफ द म्याच रुपन्देहीका अमर डङगोल भए ।

पहिलो संस्करणमा पनि सहभागी भएको डुकस्टारले त्यस बेला वेष्ट काठामाडौँलाई पहिलो खेलमा ४–१ ले हराएको थियो भने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दीसँग २–० ले पराजित भएको थियो । अघिल्लो संस्करणको भन्दा राम्रो टीम ल्याउँदा पनि खेलाडीहरुले यसपाली सोचे अनुसार खेल्न नसकेको ड्रुकस्टारका प्रशिक्षक कोता नाम्भेले वताए ।

‘टीम अझ राम्रो बनाएर आएका थियौं, भुटानका राष्ट्रिय खेलाडीहरु पनि क्लवमा थिए तर राम्रो खेल्न सकेनने’, उनले भने, ‘दोस्रो हाफमा निकै दवावमा राखेर खेल्दा पनि गोल गर्न सकेनौं । पेनाल्टी पनि चुकाउँदा थप समस्या आयो ।’

अग्नि रुपन्देही ११ का प्रशिक्षक दयाराम सापकोटाले टीमले सोचे अनुसारको खेल्न नसकेको बताउँदै अर्को खेलमा अझ सुधार गर्ने बताए ।

क्वाटरफाईनलमा अव रुपन्देही ११ बाई पाएर क्वाटरफाईनलमा पुगेको मनाङ मस्र्याङग्दीसँग पुस २८ गते भिड्ने छ । बुधबार सेमीफाइनल प्रवेशका लागि सिएमजी संकटा र एपीएफबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक ओम विक्रम चन्दले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.