गोविन्द केसी गिरफ्तारीको विरोध

गोविन्द केसी गिरफ्तारीको  विरोध

काठमाडौं : अदालतको अवहेलना गरेको अभियोगमा समातिएका प्राडा गोविन्द केसीबारे नेताहरूले मुख खोलेका छन्। केसीको गिरफ्तारीबारे ठूला दलहरूको धारणा नआउँदै उनीहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन्। केही साना दलले विज्ञप्ति जारी गरी केसीप्रति समर्थन जनाउँदै अदालतको विरोध गरेका छन्।

राष्ट्रिय जनमोर्चा, विवेकशील साझा, नयाँ शक्ति, नेकपा क्रान्तिकारी माओवादीलगायत साना दलले अदालतले शान्तिपूर्ण रूपमा विरोध जनाउन पाउने नागरिकको अधिकार कुण्ठित गर्न खोजेको भन्दै सर्वोच्च अदालतप्रति खेद व्यक्त गरेका छन्।

पूर्वसभामुख ओनसरी घर्तीमगरले केसीले उठाउँदै आएका माग जायज रहेको भन्दै उचित निकास निकाल्नुपर्नेमा जोड दिएकी छन्। उनले ट्विटमा भनेकी छन्, ‘पदमा छँदा भनें पनि, गरें पनि, आज पनि भन्छु, प्रयास गर्छु, केसीका माग ठीक छन्। यसलाई ठीक विधिमा ढालेर समाधान गर्नुपर्छ।'

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केसीको पक्राउलाई कानुनका नाममा अदालतले ज्यादती गरेको टिप्पणी गरेका छन्। उनले ट्विटमा भनेका छन्, ‘अदालतले अवहेलनालाई सत्याग्रहीविरुद्धको हतियार बनाइनु नितान्त गलत छ। फेरि दोहोर्‍याएर भन्छु, अदालत देवता होइन।'

यस्तै, कांग्रेस नेता बालकृष्ण खाँणले केसीका विषयमा सर्वोच्चले आफ्नो निर्णय पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन्। केसीले स्वास्थ्य र शिक्षासम्बन्धी महत्वपूर्ण मुद्दा उठान गरेको भन्दै उनले भनेका छन्, ‘उहाँका जायज विचारलाई राज्यले सम्बोधन गर्नुपर्छ।'

मंगलबार बिहान केसीलाई अदालत लैजानुअघि नै माइतीघर मण्डल पुगेर नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस युवा नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मि श्रले केसीप्रति समर्थन जनाएका थिए।

एमाले सचिव प्रदीप ज्ञवालीले केसीका मागबारे बहस गर्न सकिए पनि अदालतको व्यवहारलाई उचित मान्न नसकिने बताएका छन्। उनले ट्विटमा भनेका छन्, ‘अदालत उहाँको विरुद्धमा जसरी प्रस्तुत भयो यसलाई उचित मान्न सकिन्न। निर्णयमा प्रतिशोध, प्रर्वाग्रह या अन्यथा गन्ध भेटियो भने यसले न्यायालयको मान बढ्दैन, उल्टो घट्छ।'

 चिकित्सक संघद्वारा रिहाइ माग

नेपाल चिकित्सक संघले डा.केसीको यथाशीघ्र रिहाइको माग गरेको छ। संघका महासचिव डा.लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा डा.केसी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, विसंगतिविरुद्ध निरन्तर सत्याग्रहको माध्यमबाट आफ्नो शरीर सधैं दाउमा राखी सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.