नेताकी पत्नीलाई बिनाप्रतिस्पर्धा उपमहानगरपालिकामा जागिर

नेताकी पत्नीलाई बिनाप्रतिस्पर्धा उपमहानगरपालिकामा जागिर

 

धरान : धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले बिनाप्रतिस्पर्धा एमाले नेताका श्रीमतीलाई जागिर खुवाएका छन् । नेताका श्रीमतीलाई बोलीकै भरमा खरिदार पदमा भर्ती गरेपछि एमाले कार्यकर्तामा असन्तुष्टि बढेको छ ।

उपमहानगरपालिकामा कर्मचारी आवश्यक परे पदपूर्ति समितिले लिखित र मौखिक परीक्षा लिएर बढी अंक ल्याउने उम्मेदवारलाई मात्र नियुक्त गर्ने प्रावधान छ । तर, मेयर सुब्बाले आफूखुसी नेताका श्रीमतीलाई खरिदार तहको जागिर दिलाएका हुन् । खरिदार जागिर पाउनेमा एमाले सुनसरी क्षेत्र नम्बर १ का अध्यक्ष इन्द्र राईकी श्रीमती विजयकला राई र एमाले धरानका सचिव राजमणि निरौलाकी श्रीमती प्रमिला निरौला छन् । उनीहरूलाई ६ महिनाको नियुक्ति दिएर उपमहानगरपालिकाको एकीकृत सहरी विकास आयोजनाअन्तर्गतको वडा नम्बर १७ स्थित खानेपानीको बिल काउन्टरमा खटाइएको छ ।

कांग्रेस धरानका सभापति तिलक राईले खुला प्रतिस्पर्धाबिना नेताका श्रीमतीलाई जागिर दिँदा गलत सन्देश गएकाले उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने बताए । ‘धरान उपमहानगरपालिका एमाले कार्यकर्ता भर्ती गर्ने थलो होइन’, उनले भने, ‘सुब्बा जनताको काम गर्न होइन, एमाले कार्यकर्ता भर्ती गर्न मेयर भएका रहेछन् ।’

एमाले क्षेत्र नम्बर १ का सदस्य डम्बर गुरुङले पनि नेताका श्रीमतीलाई जागिर लगाएको विषयमा असन्तुष्टि जनाए । पार्टी काम र निर्वाचनका बेला खटिने कार्यकर्तालाई बेवास्ता गरी केही नेतालाई खुसी पार्ने गरी नियुक्ति दिनुले सर्वहारालाई अवहेलना गरेको पुष्टि भएको उनको दाबी छ ।

उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बोर्ड बैठकको निर्णयानुसार दुवै जनालााई खरिदार पदमा ६ महिनाका लागि करारमा नियुक्ति गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.