पार्टी एकताका लागि दुई अध्यक्षको कार्यदललाई विशेष निर्देशन
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि विशेष निर्देशन दिएका छन्।
मंगलबार गठन गरिएको कार्यदललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा, प्रदेश सरकार निर्माण र मुख्य मन्त्री छनोटका विषयमा विशेष निर्देशन दिएका हुन्। कार्यदलले निर्देशनअनुसार एकता प्रक्रिया प्रक्रिया अघि बढाउने छ।
बैठकमा दुई अध्यक्षसहित ईश्वर पोखरेल, शंकर पोखरेल, सुवास नेम्वाङ, बर्षमान पुन, रामबहादुर थापा बादल उपस्थित भएका थिए। कार्यदलमा नेता सुरेन्द्र पाण्डे र मातृका यादव उपत्यकाबाहिर रहेकाले बैठकमा उपस्थित हुन सकेनन् ।
एमाले अध्यक्ष नियमित स्वास्थ्य परीक्षणका लागि आज एक बजे थाईल्यान्ड जादैँ छन्। उनी आउनुअघि राष्ट्रियसभा लगायतका विषयमा कार्यदल टुंग्योमा पुग्ने बताइएको छ। एकता प्रक्रिया सुरुभएदेखि नै एकता समितिमार्फत एकता प्रक्रियाबारे छलफल जारी भएको नेताहरुले जानकारी दिएका छन्।