मलाई स्वास्थ्य समस्या केही छैन : अाेली

मलाई स्वास्थ्य समस्या केही छैन : अाेली

काठमाडौं : नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक उड्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई खास स्वास्थ्य समस्या केही नभएको बताएका छन्। मृर्गौला फेरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड जाँदै आएका ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग भने, ‘खास स्वास्थ्यमा समस्या केही छैन। मृर्गौला फेरेको मान्छे भएकाले समय-समयमा स्वास्थ्य परीक्षण गर्नु राम्रो हुन्छ। चिकित्सिकको सल्लाहा पनि त्यही हुन्छ।’

बुधबार दिउँसाे अध्यक्ष ओली बैंककस्थित वुङरुगाड अस्पतालमा नियमित चेकजाँचका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन्। उनको साथमा धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत थाइल्याण्ड गएका छन्।

ओलीले आफू स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्किएपछि पार्टी एकता र नयाँ सरकार गठनको विषयमा छलफल हुने बताए। ‘बैंककबाट फर्किएपछि अरु आवश्यक कार्यदल बन्छन्। पार्टी एकताको काम तिब्रताका साथ हुन्छ’, ओलीले माओवादी र एमालेबीच पार्टी एकताको विषयमा बोल्दै भने।

ओलीले दुई पार्टीको एकताबाट आत्तिएका र तर्सिएका शक्तिहरु एकता विथोल्न सक्रिय भएको भन्दै ति प्रयास सफल नहुने बताए। ‘दुई पार्टीबीचको एकताबाट आत्तिएका, तर्सिएका शक्तिहरु यसलाई बिथोल्नका लागि नंग्न तरिकाले लागेका छन्’, ओलीले ति प्रयास सफल नहुने बताउदै भने, ‘अरुका आन्तरिक मामलामा हस्तक्षेप गर्ने, देशलाई अस्थिरतामा लान खोज्ने प्रतिक्रियावादी भूमिकामा उद्धत देखिन्छ। यी प्रयास सबै सफल हुने छैनन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.