इजलासमा डा. केसीले भने : म मर्न नडराउने मान्छे, अदालतको अवहेलनाबाट डराउँदिन

इजलासमा डा. केसीले भने : म मर्न नडराउने मान्छे, अदालतको अवहेलनाबाट डराउँदिन

काठमाडौं : अदालतको अवहेलना मुद्दाको बहसमा सहभागी हुँदै डा. गोविन्द केसीले इजलासमा आफ्ना कुरा राखेका छन्। केसीले बुधबार आफ्नो मुद्दामा बहस हुनुअघि आफ्ना कुरा राखेका हुन्। कुरा राख्ने क्रममा केसीले आफू अदालतको अवहेलना मुद्दाबाट नडराउने प्रष्ट पारे।

‘म मर्न डराउने मान्छे होइन, यो अदालतको अवहेलनाबाट पनि डराउँदिन’, डा. केसीले भने, ‘मेरो लडाईं प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध हो, अरु न्यायाधीशविरुद्ध होइन। अरु न्यायाधीशविरुद्ध केही तलमाथि परेको भएमा माफी चाहन्छु।’

केसीको मुद्दामा सर्वोच्च अदालतको पक्षमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, श्याम खरेल, अधिवक्ता माधवकुमार बस्नेतले बहस गरेका छन्। सर्वोच्चको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले डा. केसीविरुद्ध फौजदारी अवहेलना भएकाले कार्य हुनु नै कारबाहीका लागि पर्याप्त भएको बताए।

‘फौजदारी अवहेलना भएकाले कार्य हुनु नै पर्याप्त हुन्छ, यसमा कारबाहीका लागि मनसाय हेरिरहनु पर्दैन’, श्रेष्ठले केसीलाई कारबाही हुनुपर्ने बताउँदै भने, ‘डा. केसीका अभिव्यक्ति न्यायपालिविरुद्धमा छन्। उहाँलाई पूरै सजाय अर्थात् कानुन अनुसार सजाय हुनुपर्छ।’ श्रेष्ठले कानुनले तोके अनुसार डा. केसीलाई एक वर्ष कैद र १० हजार जरिवाना गर्नुपर्नेमा दाबी प्रस्तुत गरे।

त्यस्तै सर्वोच्चकै पक्षबाट बहस गर्दै अर्का वरिष्ठ अधिवक्ता श्याम खरेलले केसीले गिरोह भनेकाले सिंगो अदालतकै मान मर्दन भएको हुँदा केसीलाई कारबाही हुनै पर्ने दाबी गरे। ‘गिरोह भनेकाले सिंगो अदालतको मान मर्दन भएको छ’, खरेलले भने, ‘केसीले अदालतविरुद्ध यस्तो अभिव्यक्ति दिनु फौजदारी अपहेलना हो। कारबाही गर्नका निम्ति उनको कार्य नै पर्याप्त छ।’

त्यस्तै सर्वोच्चकै तर्फबाट बहसमा सहभागी हुँदै अर्का अधिवक्ता माधवकुमार बस्नेतले न्याय प्रशासनको काममा दखल दिँदा अवहेलना हुने भन्दै केसीलाई कारबाही हुनुपर्ने माग गरे।

केसीका पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भने प्रधानन्यायाधीशलाई नै ‘कीर्तै’मा कारबाही हुनुपर्ने बताए। उनले गोविन्द केसीलाई नभएर प्रधानन्यायाधीशलाई पक्राउ आदेश जारी गर्नुपर्ने तर्क गरे। ‘प्रधानन्यायाधीश गोपाल पराजुलीलाई नै ‘कीर्ते’मा कारबाही गरिनुपर्छ’, अधिवक्ता भण्डारीले भने, ‘गोविन्द केसीलाई नभएर प्रधानन्यायाधीशलाई नै पक्राउ आदेश जारी गर्नुपर्छ।’

इजलासमा अहिले केसी पक्षका वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालले बहस गरिराखेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.