खुरापातमा पीएचडी गर्नेले याे हिउँदमा घाम ताप्दा हुन्छ : अाेली

खुरापातमा पीएचडी गर्नेले याे हिउँदमा घाम ताप्दा हुन्छ : अाेली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीको एकता भाड्ने प्रयास सफल नहुने बताएका छन्। नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग बोल्दै एमाले अध्यक्ष ओलीले एकता भाड्ने प्रयासमा खुरापातमा पीएचडी गरेकाहरु लागिरहेको बताए। उनले भने,‘ दुई पार्टीबीचको एकताबाट आत्तिएका, तर्सिएका शक्तिहरु यसलाई बिथोल्नका लागि नाङ्गै, अलोकतान्त्रिक तरिकाले, अरुका आन्तरिक मामलामा हस्तक्षेप गर्ने, एकता देख्न नसक्ने, देशलाई अस्थिरतामा लान खोज्ने प्रतिक्रियावादी भूमिकामा उद्धत भएको देखिन्छ।’ अध्यक्ष ओलाीले भने,‘ म भन्दिन चाहन्छु यी प्रयास सफल हुने छैनन्।

अध्यक्ष ओलीले तालमेल विकसित हुदै पार्टी एकता निकट भविष्यमा हुने घोषणा गरे। उनले भने,‘यो तालमेल विकसित हुँदै अघि बढ्छ र पार्टी एकता पनि निकट भविष्यमा हुन्छ।’ अध्यक्ष ओलीले एमाले र माओवादी एकता भाड्ने निरर्थक कोसिसको अभ्यास र मिहेनत नगर्न चेतावनी दिए। उनले भने, 'यहाँ कतिपय खुरापाती विद्यामा पीएचडी गरेका डाक्टर लागेका छन, त्यो खुरापति विषयमै पीएचडी गरेका छन्। अर्को केमा पीएचडी गरे मलाई थाहा भएन , केही पीएचडी यस्ता छन् जो खुरापातमा पीएचडी गरेका छन्। ती विद्यावारिधीलाई म भनीदिन चाहन्छु, यिनका बुद्धिले यस पटक घाम ताप्छ। यो हिउँदमा घाम तापे हुन्छ ।'

प्रचण्ड पार्टी अध्यक्ष बन्ने सम्भावना कति छ ? भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘अहिले यसको जवाफ दिन हतार हुन्छ कि, १५ दिनमा एकता हुदैछ भने किन हतार गर्ने ? नेतृत्वको व्यवस्थामा विषयमा ओलीले व्यङ्गात्मक उत्तर दिदै भने, ‘हामीलाई व्यवस्थापनको चिन्ता छ गरिबको, कार्यकर्तालाई पैसा बाँड्ने होइन तराईंमा कमल बाड्ने कुराको, नेताको व्यवस्थापन कि जनताको व्यवस्थापन ? ठूलाको होइन जनताको व्यवस्थापन हुनुपर्छ।’

माओवादी केन्द्र र एमालेबीच प्रदेशसभाको गठन, राष्ट्रिय सभाको गठनका लागि कार्यदल बनेको सार्वजनिक भइसकेको बताउँदै ओली बै‌ककबाट फर्किएर अरु आवश्यक कार्यदल बनााउने बताए। उनले आफू फर्किएर आएपछि पार्टी एकताको कामले तिब्रताका पाउने बताए।

अध्यक्ष ओली निर्वाचन आयोग ‘ब्ल्याकमेलिङ’को शिकार भएको आरोप लगाए। उनले प्रदेश प्रमुख र प्रदेश केन्द्र तोक्ने काम सरकारको भएको बताए। उनले सरकारले विभिन्न बाहना बनाएर सरकार लम्ब्याउने काम गरिरहेको बताए।

मलाई स्वास्थ्य समस्या केही छैन : अाेली


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.