राप्रपा (प्रजातान्त्रिक) मा प्रधान र गुरुङलाई जिम्मेवारी
काठमाडौं : राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपती शमशेर राणाले पार्टीको संगठन विभाग प्रमुखमा महामन्त्री धुर्वबहादुर प्रधानलाई नियुक्त गरेका छन् ।
त्यसैगरी महामन्त्री राजाराम श्रेष्ठलाई केन्द्रिय सचिवालयको जिम्मेवारी दिइएको पार्टी प्रवक्ता राजेन्द्र गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपती शम्शेर ज.ब.रा. बाट विधानको धारा २१ बमोजिम संगठन विभाग प्रमुखको जिम्मेवारी श्री ध्रुवबहादुर प्रधानलाई र धारा ४५ बमोजिम केन्द्रिय सचिवालयको जिम्मेवारी महामन्त्री श्री राजाराम श्रेष्ठलाई दिनु भएको छ ।’