राष्ट्रि सभा निर्वाचनका लागि माघ १० मा उम्मेदवारको मनोयन
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। पुस २१ मा सरकारले माघ २४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको थियो।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बुधबारको बैठकले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो।
आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ ७ गते नामावली प्रकाशन गर्र्ने माघ ९ मा अन्तिम नामावली प्रकाशन गर्ने, १० गते उम्मेदवारको मनोयन पत्र दर्ता गर्ने, १५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र २४ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ।
२४ गते मतदान भएपनि २६ गतेसम्म सबै परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ।