प्रचण्ड भेट्न मोहनविक्रम बिहानै खुमलटार, एकता बलियो बनाउन सहमत

प्रचण्ड भेट्न मोहनविक्रम बिहानै खुमलटार, एकता बलियो बनाउन सहमत

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भेट भएको छ।
प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहान साढे ७ बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए।

भेटमा वाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे दुई नेताबीच कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ। नेता सिंहले वामपन्थीहरू मिलेर अघि बढ्दा मात्रै मुलुकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए।

अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको बताउँदै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताए।

भेटमा दुवै नेताहरू राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवार खडा गर्दै वामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.