'प्रदेश प्रमुखको टुङ्गो भोलि' : गच्छ्दार

'प्रदेश प्रमुखको टुङ्गो भोलि' : गच्छ्दार

काठमाडौं : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले शुक्रबार प्रदेश प्रमुख तोक्ने बताए । उनले पत्रकारसँग कुराकानी गर्दै नाम टुङ्गो लागिसकेकोले शुक्रबार बस्ने मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख तोक्ने जानकारी दिए ।प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

उपप्रधानमन्त्री गच्छदारले अस्थायी राजधानी तोक्ने विषयमा भने टुङ्गो लागि नसकेको बताए ।‘प्रदेश प्रमुखको नाम टुङ्गो लागिसकेको छ , भोलिको बैठकले प्रदेश प्रमुख तोक्नेछ,’ उनले भने । उनले अस्थायी राजधानीको तोक्ने विषयमा भने छलफल जारी रहेको बताए । प्रदेश प्रमुख नतोकिएका कारण प्रदेश सभाको मतपरिणाम घोषणा गर्न बिलम्व भइरहेको निर्वाचन आयोगले बताउदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.