टेनिसका ग्ल्यामर सुन्दरी
भनिन्छ, ‘सुन्दरता’ भन्ने मानिसको आँखामा भर पर्छ। यसलाई मापन गर्ने न यन्त्र नै छ, न त प्रविधि नै। तर जो सुन्दर छन्, तिनले सारालाई आफूप्रति आकर्षित गर्ने क्षमता राख्छन्। विश्वमा खेलकुद र सुन्दरतालाई लिएर संसारभर बहस हुने गर्छ। जो सुन्दर छन्, उनीहरूले आफ्नो खेलकौशलका साथै सुन्दरताले पनि सारा विश्वलाई मोहित बनाउँछन्। सुन्दर खेलाडीले खेलकुदमा त चर्चा बटुलेकै हुन्छन्, ग्ल्यामर दुनियाँमा पनि शिखर चढेका उदाहरण प्रशस्तै छन्।
महिला टेनिसको कुरा गर्दा रुसी सुन्दरी मारिया सारापोभा अहिले पनि हट खेलाडीमा गनिन्छिन्। प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन गरेको अभियोगमा १५ महिनाको प्रतिबन्ध खेपेकी सारापोभा पछिल्लो समय आफूलाई स्थापित गराउन लागिपरेकी छिन्। पूर्वविश्व नम्बर एक खेलाडी सारापोभाले यसअघिका रुसी सुन्दरीको पदचापलाई अगाडि बढाइरहेकी छिन्। कुनै समय सुन्दरी अन्ना कोर्निकोभाको ‘फलो’ गर्ने फ्यानहरू अहिले सारापोभालाई पछ्याइरहेका छन्। यहाँ केही टेनिस सुन्दरीहरूको चर्चा गरिन्छ।
बेलिन्डा बेन्चिन
स्विट्जरल्यान्डकी यी टेनिस स्टार बेलिन्डा हट तथा सुन्दर खेलाडीमा गनिन्छिन्। १९ वर्षीया यी सुन्दरी सन् २०१५ मा दुई डब्लूटीए उपाधि जितेपछि चर्चामा आएकी हुन्। बेलिन्डा लगातार दुई उपाधि जितेर विश्व वरीयतामा उत्कृष्ट १० भित्र पर्न सफल छिन्।
स्वेभेताना पित्रोभा
बुल्गेरियाकी पित्रोभा विश्व टेनिसमा तहल्का मच्चाउन सफल खेलाडी हुन्। २८ वर्षीया पित्रोभाले ६ एटीपी टाइटल जित्दै ३० लाख ५७ हजार डलर जित्न सफल भएकी थिइन्। सन् २००२ देखि व्यावसायिक टेनिसमा फर्किएकी उनले ग्रान्डस्लाम भिडन्तमा तीन पटक अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पराजित गरेर आफ्नो क्षमता देखाइसकेकी छिन्।
डोन्ना भिकिक
क्रोयसियाकी २० वर्षीया भिकिकले सन् २०१२ देखि व्यावसायिक टेनिसमा पाइला हालेकी हुन्। ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा चमत्कारिक प्रदर्शन गर्न नसके पनि यी सुन्दरीले आफ्नो प्रदर्शनलाई लगातार सुधार गर्दै आइरहेकी छिन्। उनले एक डब्लूटीए र चार आईटीएफ उपाधि जितिसकेकी छिन्। सानै उमेरमा ठूलो सफलता हात पारिसकेकी यी सुन्दरीबाट टेनिस जगत्ले ठूलै आशा राखेको छ।
लाउरा रोबसन
२१ वर्षीया सुन्दरी रोबसन इङ्ल्यान्डको सर्वोच्च वरीयता प्राप्त खेलाडी हुन्। सन् २०१२ को लन्डन ओलम्पिकमा एन्डी मुर्रेसँग मिलेर रजत पदक जितेकी रोबसनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन्। उनको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन भनेको सन् २०१३ को विम्बल्डन हो। सो प्रतियोगितामा उनी चौथो चरणसम्म पुग्न सफल भएकी थिइन्। उनलाई इङ्ल्यान्डमा मात्र होइन, विश्वभर हट टेनिस सुन्दरीका रूपमा हेरिन्छ। उनलाई सामाजिक सञ्जालमा फलो गर्नेहरूको संख्या पनि निकै ठूलो छ।
क्यामिला जियोर्गी
अर्की सुन्दर खेलाडीमा गनिन्छिन्, इटालीकी क्यामिला जियोर्गी। २३ वर्षीया अर्जेन्टिना पृष्ठभूमिकी यी खेलाडी पनि हट एन्ड सेक्सी खेलाडीमा गनिन्छिन्। विश्व वरीयतामा ५४औं स्थानमा रहेकी क्यामिलाले अर्जेन्टिना छाडेर व्यावसायिक रूपमा इटालीबाट टेनिस खेल्न थालेकी हुन्। अहिलेसम्म ग्रान्डस्लाम उपाधि जित्न नसकेकी क्यामिला सन् २०१२ मा विम्बल्डनको चौथो चरणसम्म पुगेकी थिइन्। उनी विश्वको सुन्दर टेनिस खेलाडीको सूचीमा भने लगातार पर्दै आएकी छिन्। त्यही कारण उनी टेनिसबाट भन्दा पनि आफ्नो सुन्दरताका कारण बढी चर्चित छिन्।
सोराना क्रिस्टिई
विश्व टेनिसमा उच्च तहमा खेल्ने सुन्दर तथा हट स्टारमा पर्छिन्, रोमानियाकी सोराना क्रिस्टिई। रोमानियाको पहाडी क्षेत्रबाट टेनिस जगत्मा उदाएकी उनी विश्व वरीयतामा २१औं स्थानसम्म पुग्न सफल खेलाडी हुन्। सन् २००९ को फ्रेन्च ओपनको क्वार्टरफाइनलसम्म पुगेकी सोरानाले त्यसपछिका प्रतियोगितामा चाँडै बाहिरिए पनि ३५ लाख डलरभन्दा बढी पुरस्कार जित्न सफल भइन्।
अन्ना इभानोभिच
सर्बियाकी टेनिस सुन्दरी अन्ना इभानोभिच पनि सुन्दर खेलाडीमा गनिन्छिन्। सन् २००३ मा व्यावसायिक टेनिस सुरु गरेकी उनी सन् २००८ मा चर्चाको शिखरमा पुगिन्, जब उनले फ्रेन्च ओपनको उपाधि जित्न सफल भइन्। यही वर्ष अस्ट्रेलियन ओपनको फाइनलमा पुगेकी इभानोभिच विश्व नम्बर एकको ताज पहिरिन पनि सफल भइन्। ३० वर्षीय सुन्दरी इभानोभिचले दुई वर्षअघि जर्मनीका फुटबल स्टार बास्टिन स्वान्स्टाइगरसँग घरजम गरिन्।
म्यान्डी मिनेला
लक्जेमवर्गकी यी सुन्दरीले सन् २००१ देखि व्यावसायिक टेनिस खेल्न सुरु गरेकी हुन्। केही वर्षको लगातार प्रयासपछि पनि उल्लेख्य सफलता हासिल गर्न नसकेपछि ओझेल परेकी यी सुन्दरीले सन् २०१४ मा लक्जेमवर्गकै टिम समरसँग विवाह गरेर गृहस्थी जीवन सुरु गरेकी छिन्।
सविन लिसिक्की
जर्मनीकी यी टेनिस सुन्दरी खेलभन्दा पनि सुन्दरताका कारण बढी चर्चामा रहिन्। सन् २००६ मा व्यावसायिक टेनिस सुरु गरेकी लिसिक्की सन् २०१३ मा विम्बल्डन टेनिसको फाइनलमा पुगेकी थिइन्। चार डब्लूटीए उपाधि जितेकी उनले खेलबाटै करोडौं रुपैयाँ कमाउने गरेकी छिन्।
एलिना भितोलिना
युक्रेनकी सुन्दरी एलिनालाई विश्व टेनिसको उदाउँदो सिताराको रूपमा हेर्ने गरिएको छ। चार डब्लूटीए र ६ आईटीएफ उपाधि जितेकी उनी सन् २०१५ मा भएको फ्रेन्च ओपनको क्वार्टरफाइनलमा पुगेकी थिइन्। ठूला प्रतियोगितामा उल्लेख्य सफलता हासिल नगरे पनि एलिनाको चर्चा सुन्दरताका कारण बढी हुने गरेको छ।
क्यारोलिन वोज्नियास्की
डेनमार्ककी यी टेनिस सुन्दरी अहिले पोस्टर गर्लका रूपमा परिचित छिन्। सन् २००५ मा व्यावसायिक टेनिस सुरु गरेकी उनले विश्व नम्बर एकको ताजसमेत पहिरिएकी थिइन्। एउटै पनि ग्रान्डस्लाम नजिती विश्व नम्बर एक टेनिस खेलाडी बनेकी बोज्नियास्की दुई पटक यूएस ओपनको फाइनलमा पुगेर पनि पराजय बेहोरेको थिइन्। २५ वर्षीय सुन्दरी क्यारोलिना एडिडाससँग अनुबन्ध भएपछि खेललाई भन्दा मोडलिङमा बढी व्यस्त हुन थालेकी छन्।
मारिया किरिलेन्को
रुसी टेनिस सुन्दरी किरिलेन्को अहिले व्यावसायिक टेनिसबाट सन्न्यास लिइसकेकी छिन्। तर टेनिसलाई ग्ल्यामरस बनाउन भने किरिलेन्कोको पनि महत्वपूर्ण योगदान रहेको छ। सन् २००१ मा व्यावसायिक टेनिस सुरु गरेकी किरिलेन्कोले सन् २०११ मा टेनिसलाई गुडबाई गरिन्। उनले टेनिस छोड्दा विश्व वरीयतामा पाँचौं नम्बरमा थिइन्। टेनिसबाट अलग्गिएपछि उनले अन्य खेलाडीले जस्तै स्विमिङ सुटलाई अगाडि बढाइन्। अहिले पनि उनी यही पेसाबाट मनग्य आम्दानी गरिरहेकी छिन्।