‘सपनाको क्षितिज’ सार्वजनिक
काठमाडौं : कवि पूर्णिमा जी शाहको कविता संग्रह ‘सपनाको क्षितिज’ सार्वजनिक भएको छ । यो उनको दोस्रो कविता कृति हो । उनका कवितामा जीवन, मृत्यु, मानवता, माया, बिछोड, प्रेम– प्रणय आदीबारे चर्चा पाइन्छ ।
सपनाको क्षितिजबाट एउटा कवितांश
‘ म त्यहाँको हुँ
जहाँबाट म आएँ
नपत्याए खोतल
ती भत्किएका पर्खालहरू
सुकेका रूखका हाँगाबिँगाहरूलाई
अनि सोध त्यो जलकुण्डलाई
इतिहास साक्षी छ
जो वर्तमानमा स्थिर छ
टेकेको प्रथम पाइला
त्यहीं मेरो अस्तित्व अड्केको छ
फेरि पनि एउटै प्रश्न छ
किन तिमी मौन छौ आज...