विश्वकै दोस्रो महँगा फुटबलर कोउटिन्होलाई बार्साको रेड कार्पेट

विश्वकै दोस्रो महँगा फुटबलर  कोउटिन्होलाई बार्साको रेड कार्पेट

विश्व फुटबलमा यसपटक टान्सफर बजार ह्वात्तै चुलियो। स्पेनिस पावर हाउस बार्सिलोनाले ब्राजिलियन खेलाडी फिलिप कोउटिन्होलाई आइतबार राति बार्सिलोनाको क्याम्प नाउमा स्वागत गरेको छ। इङ्लिस टोली लिभरपुलका स्टार फिलिप कोउटिन्होलाई फुटबल इतिहासकै दोस्रो ठूलो रकम तिरेर टोलीमा अनुबन्ध गरेको छ। २५ वर्षीय कोउटिन्होलाई बार्सिलोनाले रेड कार्पेट बिछ्याउन १४ करोड २० लाख पाउन्ड खर्चियो। केही महिनाअघि मात्र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नेमारलाई बार्सिलोनाबाट अनुबन्ध गर्दा विश्वकीर्तिमानी रकमका रूपमा १९ करोड ५० लाख पाउन्ड खर्चिएको थियो।

स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले तीन करोड ३५ लाख पाउन्ड रिलिज क्लजमा कोउटिन्होसँग पाँच वर्षका लागि सम्झौता गरेको हो। कोउटिन्होले अनुबन्धनपछि विश्व फुटबल बजार फेरि तातेको छ। ट्रान्सफर विन्डोको चर्चाको शिखरमा रहेका कोउटिन्हो अन्ततः लिभरपुलले नचाहँदा स्पेनिस महारथी बार्सिलोनामा पुगेका छन्।

बार्सिलोनासँग पाँचवर्षे सम्झौता गरेपछि विश्वका सर्वाधिक महँगा खेलाडीमध्ये एक बनेका कोउटिन्होले स्पेनिस क्लब बार्सिलोनाबाट फुटबल खेल्ने आफ्नो सपना पूरा भएको बताएका छन्। ‘मलाई कुनै पनि बेला बार्सिलोनाबाट खेल्छु भन्ने लागेको थियो, जुन कुरा अहिले पूरा भएको छ। बार्सिलोनामा म आफूलाई प्रमाणित गरेर छाड्नेछु। मैदानमा मैले गर्ने प्रदर्शनले मेरो ड्रिम पूरा गर्नेछ’, कोउटिन्होले भनेका छन्। कोउटिन्होलाई भिœयाएपछि बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तोमेउले टोली इतिहासकै बलियो बनेको दाबी गरे।

कोउटिन्हो सन् २०१३ मा इन्टर मिलानबाट आठ करोड ५० लाख पाउन्डमा प्रिमियर लिग क्लब लिभरपुलसँग आबद्ध भएका थिए। त्यसयता उनी लिभरपुलका समर्थकको प्रिय खेलाडी थिए। भर्खर क्रिसमस र नयाँ वर्षको खुसी मनाएर फुटबलको मजा लुट्न तम्सिएका लिभरपुल समर्थकलाई जनवरी ट्रान्सफरको सुरुआतमै कोउटिन्होले क्लब छाडेको खबरले स्तब्ध बनाएको छ।

बार्सिलोनामा कोउटिन्होका लागि सबैभन्दा ठूलो चुनौती भनेको उनी कति चाँडै टोलीसँग घुलमिल हुन सक्छन् भन्ने नै हो। मेसीको खेलसँग जति चाँडै उनी अभ्यस्त हुन सक्छन्, त्यति नै चाँडो उनको ड्रिम टिम बार्साले प्रभाव जमाउनेछ।

समर्थकजस्तै कोउटिन्होलाई पनि लिभरपुल मन पर्ने क्लब हो। ‘लिभरपुल र समर्थक आफ्नो मनमा सदैव गडेर बस्नेछ। लिभरपुल पनि मेरो आत्मीय क्लब हो। त्यहाँका समर्थकको मायालाई म कहिल्यै भुल्नेछैन’, बार्सिलोनामा आबद्ध भएपछि कोउटिन्होले प्रतिक्रिया दिए। बार्सिलोनाले कोउटिन्होलाई भित्र्याउन यसअघि तीनपटक प्रयास गरेको थियो। गत सिजनमा पनि बार्सिलोनो ११ करोड ४० लाख पाउन्ड प्रस्ताव राखेको थियो। त्यति बेला लिभरपुलले बार्सिलोनाको त्यो प्रस्ताव स्वीकारेन। लिभरपुलमा उत्कृष्ट प्रदर्शन गरिरहेका काउटिन्होले चार वर्षमा लिभरपुलका लागि ५४ गोल गरेका थिए।

कोउटिन्हो बार्सिलोना जाने खबर गोप्य भने थिएन। गत जुलाईमै बार्सिलोनाले उनीमाथि आँखा गाडेको थियो। उनी पनि भित्रभित्रै बार्सिलोना जान इच्छुक थिए। यसलाई लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले पनि पुष्टि गरेका छन्। ‘समर ट्रान्सफरमा नै बार्सिलोनाले उनलाई खरिद गर्न बलियो प्रयास गरेको थियो। तर, उनलाई रोक्न हामीले सक्दो प्रयत्न ग¥यौं। अब हामीलाई कोउटिन्हो बिनाको लिभरपुलको तयारी गर्न आवश्यक छ। लिभरपुलमा उनको बहिर्गमनलाई छायामा पार्ने अरू पनि क्षमतावान् खेलाडी छन्। लिभरपुल निराश छैन’, कोउटिन्हो बार्सिलोना लागेपछि क्लोपले आफ्ना समर्थकलाई सान्त्वना दिँदै भनेका छन्।

लिभरपुलका लागि जारी सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका मोहमद सलाह, साडियो माने र फिर्मिनोले उनको अभाव टार्नसक्ने प्रशिक्षक क्लोपको बुझाइ छ। तर, मिडफिल्डमा कोउटिन्होको जादुलाई मेट्न लिभरपुलले सकभर चाँडो वैकल्पिक खेलाडी छान्नुपर्ने बाध्यता छ। यस सिजनमा लिभरपुल प्रिमियर लिगको शीर्ष चारमा रहन संघर्ष गरिरहेको छ। यस्तोमा लिभरपुलको शीर्ष चार यात्रामा कोउटिन्हो मुख्य हतियार थिए। तर, लिभरपुरले आफ्ना स्टार खेलाडीलाई किन बार्सिलोना पठायो भन्ने प्रश्न समर्थकले गरिरहेका छन्।

नेइमार बार्सिलोना छाडेर पीएसजीमा गएपछि मिडफिल्डमा जादुमय क्षमता भएका कोउटिन्होलाई बार्सिलोनाले आँखा लगाएको थियो। अब रूपमा बार्सिलोनाले उनलाई आन्द्रेय इनिस्टाको स्थानमा खेलाउने पक्का छ। ३४ वर्षीय इनिस्टा क्लबका पुराना खेलाडी हुन्। तर, इनिस्टा अहिले नै आफ्नो स्थान अरूलाई दिन चाहँदैनन्। बार्सिलोनाले मिडफिल्डको भूमिका दिँदा इनिस्टाले क्लब छाड्ने प्रतिक्रिया दिइसकेका छन्। इनिस्टाको चेतावनीपछि बार्सिलोनाले कोउटिन्होलाई कसको स्थानमा स्थानान्तरण गर्ला भन्ने द्विविधा पनि उस्तै छ।

ला लिगामा राम्रो लयमा देखिएको बार्सिलोनाले यस सिजनको उपाधि जित्ने लगभग तय भइसकेको छ। कोउटिन्हो पनि क्लबसँग अनुबन्ध भएपछि अब उसको ध्यान च्याम्पियन्स लिगको उपाधिमा हुनेछ। लिओनल मेसी लयमा भए पनि उनी एक्लै केही गर्नसक्ने स्थितिमा छैनन्। यस्तो अवस्थामा कोउटिन्होले बार्सिलोनामा खेल्न अझ पर्खनुपर्नेछ। दायाँ तिघ्राको चोटका कारण उनलाई तीन साता आराम गर्नुपर्ने सल्लाह चिकित्सकले दिएका छन्। बार्सिलोनामा कोउटिन्होका लागि सबैभन्दा ठूलो चुनौती भनेको उनी कति चाँडै टोलीसँग घुलमिल हुन सक्छन् भन्ने नै हो। मेसीको खेलसँग जति चाँडै उनी अभ्यस्त हुन सक्छन्, त्यति नै चाँडो उनको ड्रिम टिम बार्साले प्रभाव जमाउनेछ। एजेन्सीको सहयोगमा

पाँच महँगा फुटबलर

फुटबल बजारमा खेलाडी ट्रान्सफर विन्डो खुलेसँगै सरुवामा रेकर्ड बन्ने क्रम जारी छ। नयाँ वर्षको सुरुआतसँगै फिलिप कोउटिन्हो बार्सिलोनामा विश्वकै दोस्रो महँगो खेलाडीका रूपमा अनुबन्ध भए। महँगा खेलाडीको पहिलो सूचीमा भने नेइमार छन्। गत समर सिजनको ट्रान्सफरमा नेइमारलाई बार्सिलोनाबाट १९ करोड ५० लाख खर्चिएर पेरिस सेन्ट जर्मन क्लब (पीएसजी) ले भित्र्याएको थियो। त्यसपछि नेमार विश्वकै ऐतिहासिक महँगा खेलाडी बनेका थिए। महँगा खेलाडीको तेस्रो सूचीमा भने बार्सिलोनाकै अर्का खेलाडी ओस्माने डिम्बाले छन्। मिडफिल्डर डिम्बालेलाई गत समरमा बार्सिलोनाले बोरुसिया डटमन्डबाट ९६ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो। चौथो खेलाडी म्यानचेस्टर युनाइटेडका पाउल पोग्वा हुन्। उनलाई टोलीमा भित्र्याउन युनाइटेडले सन् २०१६ मा युभेन्ट्सलाई ८९ मिलियन पाउन्ड खर्चिएको थियो। पाँचौं खेलाडीमा ग्यारेथ बेल छन्। रियल म्याड्रिडले बेललाई सन् २०१३ मा टोट्टनहामबाट ल्याउन ८५ मिलियन पाउन्ड तिरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.