नाचघरमा गुञ्जियो नेपाली लोकधुन

नाचघरमा गुञ्जियो नेपाली लोकधुन

काठमाडौं : जापानमा बसेर बाँसुरी र तबलाको माध्यमबाट नेपाली गीतसंगीत प्रवद्र्धन गर्दै आएको चौतारी ब्यान्डका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले शुक्रबार साँझ नाचघरमा लोक सांगीतिक धुनबाट दर्शकलाई मनोरञ्जन दिए । सांस्कृतिक संस्थानको आयोजनामा भएको सांगीतिक साँझमा यी कलाकारले विभिन्न नेपाली र जापानी धुनबाट दर्शकको मन जितेका हुन् । कलाकार आफंैले निर्माण गरेको वृत्तचित्र ‘सुन्दर नेपाल’ को प्रदर्शनसँगै ‘चौतारी साँझ- २०७४’ सुरु भएको थियो ।

पञ्च लामाले बाँसुरीमार्फत मनकामना धुन सुनाए । यसपछि पञ्च र श्रवणले बाँसुरी र तबलाको फ्युजन प्रस्तुत गरे । अघिल्लो प्रस्तुतिमा प्रकाशको किरणलाई पछ्याउँदै पञ्च र श्रवणले बाँसुरी र तबलाको धुन ‘जर्नी थ्रु दी लाइट’ शीर्षकमा प्रस्तुत गर्दा जापानी कलाकार तेराकादो मित्सिगुले गितारमा साथ दिए । सोही क्रममा यी तीनले जापानी धुन ‘टोकियो नाइट धुन’ पनि प्रस्तुत गरे ।

फ्युजन गरेर ‘दी मेलानकोली नोट इन काठमाडौं’ शीर्षकमा प्रस्तुत गरिएको काठमाडौंका केही स्थानीय धुनहरूले कार्यक्रमको रौनक बढाएको थियो । यही क्रममा उनीहरूले ए कान्छा शीर्षकमा नेपाली लोकधुन पनि प्रस्तुत गरे ।

अघिल्लो चरणमा ‘सी वेभ’ शीर्षकमा वाद्यवादनबाट यी कलाकारले प्रस्तुत गरेको समुद्रको छाल धुन र ‘दी हिमालयन’ शीर्षकका हिमाली क्षेत्रका लोकधुनलाई दर्शकले निकै रुचाए । धुनसँगै कलाकारलाई दर्शकले तालीले निरन्तर साथ दिइरहे । उनीहरूको ड्रम सेसनको प्रस्तुति निकै तताउने खालको थियो । ड्रम सेसनअन्तर्गत ड्रमबाट श्रवण र बाँसुरीबाट पञ्चबीच युगलवादन प्रस्तुत भएको थियो।

कार्यक्रमको अन्तिम चरणमा पञ्चले एकल बाँसुरीको धुन सुनाए । ‘क्याराभान’ र ‘वनचरी’ शीर्षकका लोकधुनमा यी तीन कलाकारको प्रस्तुति बेजोड थियो । उनीहरूले मौलिक धुनअन्तर्गत मुरलीको माध्यमले विभिन्न चराको आवाज र गीत सुनाएर वनचरी भाका प्रस्तुत गरे । ‘डान्सिङ बर्ड’ शीर्षकको धुन पनि त्यत्तिकै मीठो थियो । ‘लाम्बादा’ शीर्षकमा सांगीतिक धुनसँगै यी तीनले चौतारी साँझ- २०७४ टुंग्याए ।

सर्लाहीको हरिवन नगरपालिका— ५ स्थित चेतना सन्देश नेपालद्वारा सञ्चालित द्वन्द्वपीडित बालगृहका लागि यो चौतारी साँझमा पञ्च र श्रवण लामाले १२ लाख रुपैयाँ सहयोग प्रदान गरे ।

विगतका वर्षमा जस्तै यस पटक पनि नेपाली र जापानी संगीतलाई एकै थलोमा प्रस्तुत गर्न ‘चौतारी साँझ- २०७४’ आयोजना गरिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.