साउदी अरबका महिलाले अब रंगशालामै गएर फुटबल हेर्न पाउने !
रियाद : साउदी अरबका महिलाहरु पनि अब फुटबल हेर्न रंगशालामै जान पाउने भएका छन्। साउदी अरबका महिलाले पहिलो पटक शुक्रबार फुटबल रंगशालामै पुगेर फुटबलको मज्जा लिएका छन्। यो सँगै साउदी महिलाले नयाँ इतिहास बनाएका छन्।
जेद्दाहामा भएको प्रतियोगीतामा साउदी अरबका महिलाहहरु पहिलो पटक सहभागी जनाएर नयाँ इतिहास रचेका हुन्। यसअघि साउदी अरबमा रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न वा खेल्न महिलाहरुलाई प्रतिबन्ध गरिएको थियो। अव आफ्ना परिवारजनसँग फुटबल प्रयोगीता हर्न वा र प्रयोगीतामा सहभागी हुन पनि सरकारले खुल्ला गरेको छ।
हालै मात्र साउदी अरबको सरकारले किङ्ग अब्दुल्लाह स्पोटर्स सिटी रंगशालामा गएर खेल हेर्न महिलाहरुलाई पनि खुल्ला गरेको हो। रंगशालामा महिला दर्शकहरुका लागि छुट्टा छुट्टै प्रवेशद्वार, शौचालय, पार्किङस्थल लगायतको व्यवस्था गरिएको छ। प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरुले नयाँ स्वतन्त्रताको पहिलो पटक फाईदा उठाएका छन्।
यस वर्षको मध्यबाट साउदी सरकारले महिलाहरुलाई सवारी साधन चलाउन र चलचित्र हलहरुमा गएर चलचित्र हेर्न पाइने व्यवस्था पनि गर्ने निर्णय गरेको छ। साउदी अरब संभवतः कतिपय विषयमा महिलाका लागि विश्वमै सबै भन्दा धेरै अनुदार मुलुक मानिन्छ।
यद्यपी साउदीमा युवराज मोहम्मद विनको सुधार योजना अनुसार विस्तारै परिवर्तनको आभास हुन थालेको छ। पहिलो चरणमा त्यहाँका महिलाले समग्र तीन खेल रंगशालामै पुगेर हेर्न पाउने छन्।