विश्व युवा शान्ति सम्मेलन सुरु

विश्व युवा शान्ति सम्मेलन सुरु

काठमाडौं: विश्वभरका युवाका साझा समस्याबारे छलफल गर्ने उद्देश्यले आयोजित ‘विश्व युवा शान्ति सम्मेलन–२०१८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा नेपालसहित अमेरिका, क्यानडा, अष्ट्रेलिया, इथियोपिया, युगान्डा र जापानलगायत विभिन्न ३३ राष्ट्रका १३० जना युवाको सहभागिता छ ।

युवा संसद् नेपालले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै अन्तरिम मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले न्यायमूलक समाज, दिगो विकास, लोकतान्त्रिक शासन र समानता युवाको सरोकारको विषय बन्नुपर्ने बताए ।

युवा संसद् नेपालका संयोजक दिवाकर अर्यालले सम्मेलनमा जलवायु परिवर्तन, लोकतन्त्र र सुशासन, सामाजिक उद्यमशीलता, युवा सहभागिता र शान्तिका लागि सांस्कृतिक, कूटनीतिलगायतका विषयमा छलफल हुने जानकारी दिए ।

कार्यक्रममा अभिनेता राजेश हमाल, सिएनएन सुपर हिरो पुष्पा बस्ने, एपिवान टेलिभिजनका समाचार प्रमुख टीकाराम यात्री, शान्ति अभियन्ता पीताम्बर भण्डारी, युवा वैज्ञानिक जितेन्द्र उपाध्याय, युवा अभियन्ताहरु सुलोचना सिग्देल, वासु गौतम र हिक्मत थापालाई ‘युवा अभिप्रेरणा सम्मान–२०१८’ प्रदान गरिएको थियो ।

आइतबारसम्म चल्ने सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न हुने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.