भिल्ला रियलसँग हार्यो रियल मड्रिड, प्रशिक्षक जिदान अप्ठेरोमा
काठमामडौँ : यो सिजनको ला लिगामा सुरुबाटै खराब प्रदर्शन गरिरहेको डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले अर्को अप्रत्यासित हार भोगेको छ । गत सिजन ला लिगा र च्याम्पियन्स लिग दुवै जितेको रियल उपाधि होडमा यो सिजन बार्सिलोना भन्दा १६ अंकले पछि परिसकेको अवस्थामा भिल्ला रियलसँग घरमै हारेसँगै संकट झनै गहिरिएको हो ।
ग्यारेथ बेलले खेलको सुरुमै गरेको गोललाई अफ साइड दिइएपछि रियलले अन्तिम नतिजा पनि भिल्ला रियललाई सुम्पियो । रियलको घरेलु मैदानमा भिल्ला रियलका लागि काउन्टर एट्याकका क्रममा २१ वर्षीय मिड फिल्डर पाब्लो फोर्नाल्सले गरेका हुन् ।
उनले काउन्टर एट्याकका क्रममा रिबाउन्ड भएको बललाई रियलका किपर नाभास अघि बढेका बेला जालीको दिशा दिएर सनसनी जित दर्ता गराएका हुन्।
ला लिगामा यसअघि भएको सेल्टा भिगोसँगको खेलमा पनि रियलले २–२ गोलको बराबरी खेलेको थियो । यो हारपछि प्रशिक्षक जिनेदिन जिदानको संकट चुलिएको छ । टिमले एकपछि अर्को खराब प्रदर्शन जारी राखेपछि गत सिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि जिताएका जिदान बर्खास्तीमा पर्ने सम्भावना बढेको छ ।
यो हारपछि ला लिगामा १८ खेलबाट ३२ अंक जोड्दै रियल लिगको चौथो स्थानमा छ । भिल्ला रियाल १९ खेलबाट ३१ अंक जोड्दै पाँचौ स्थानमा छ भने १८ खेलबाट ४८ अंक जोडेको बार्सिलोना शीर्षमा रहँदा ३९ अंक जोडेको एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ । भ्यालेन्सिया ३७ अंकसहित तेस्रो स्थानमा छ।