प्रहरीमा थपियो दरबन्दी

प्रहरीमा थपियो दरबन्दी

काठमाडौं : अर्थ मन्त्रालयको असहमतिका बाबजुद मन्त्रिपरिषद्ले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा दरबन्दी थप गर्ने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा नौ डीआईजी र सशस्त्रमा पाँच एआईजी पद थप गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरी मुख्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर गृह मन्त्रालयलाई बुझाए पनि प्रहरीले भने ओएनएम गरेको थिएन । नेपाल प्रहरीको अन्वेषण योजना निर्देशनालयका प्रमुख डीआईजी गोविन्द निरौलाले डीआईजी पद थपका लागि कुनै पनि ओएनएम नगरी पठाइएको बताए ।

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले सशस्त्र नेपाल प्रहरीको दरबन्दी थपका लागि शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको पुष्टि गरे । मन्त्रिपरिषद् बैैठक सकिएपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने उक्त निर्णय लुकाएका थिए । नेपाल प्रहरीमा हाल ३४ जना डीआईजी छन् भने अब नौ जना थपिँदा ४३ जना पुग्ने छ ।

यस्तै सशस्त्र हाल ६ एआईजी छन् भने पाँच जना थपिएपछि ११ जना पुग्ने छ । सशस्त्रले भने ओएनएम गरेर गृह मन्त्रालयमा फाइल पठाएको थियो । नेपाल प्रहरीले प्रदेशमा एआईजी पठाएपछि आफूहरूले पनि एआईजी पठाउन आवश्यक रहेको भन्दै सशस्त्रले दरबन्दी थप्न माग गरेको थियो । दरबन्दी थपका लागि प्रहरी र सशस्त्रका उच्च अधिकृतहरू राजनीतिक लबिङमा लागेका थिए ।


प्रहरीमा नौ डीआईजी र सशस्त्रमा पाँच एआईजी थप

स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले प्रहरी र सशस्त्रको दरबन्दी थपबारे प्रस्ताव लगेका थिए । प्रहरीले ओएनएम नै नगरी मन्त्रिपरिषद्ले ठाडै नौ जना डीआईजी थप गर्ने निर्णय गरेपछि राज्यलाई थप आर्थिक व्ययभार थपिने भएको छ । अहिले भएका ३४ डीआईजीलाई समेत प्रहरी मुख्यालयले थप व्यवस्थापन गर्न सकेको छैन ।

मुख्यसचिव रेग्मीले २४ घण्टाअघि निर्णय बाहिर ल्याउन नमिल्ने भएकाले थप केही बोल्न नमिल्ने बताए । उनले भने, ‘यसबारे अहिले केही नबोलौं, छलफलमै भएको विषय २४ घण्टा बाहिर ल्याउन मिल्दैन ।’ गृह मन्त्रालयको निर्देशनमा प्रहरी मुख्यालयले सबै प्रदेशमा पठाएको एआईजीको समेत व्यवस्थापन गर्न सकेको छैन । प्रदेश २ र ५ का प्रहरी कार्यालयको भवन र दरबन्दीसमेत व्यवस्थापन हालसम्म हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.