परिवारका सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट

परिवारका सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका २ अमाहीका सुरज चौधरीको घरमा आइतबार बिहान लुटपाट भएको छ। छुरी र रड देखाउँदै परिवारका सदस्यलाई नियन्त्रणमा लिएर बिहान २ बजे लुटपाट गरिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए। लुटपाट मच्चाउने समूहको पहिचान हुन नसके पनि प्रहरी घटनाको नजिक पुगिसकेको उनले जानकारी दिए। बिसीका अनुसार माक्स लगाएर आएको पाँच जनाको समूहले घटनास्थलमा अरु कोही नआउनु भनेर पटका पड्काउँदै आतंक सिर्जना गर्ने काम समेत गरेको थियो।

लुटपाटमा संलग्नले चौधरीको घरमा भएको दुई लाख रुपैयाँ नगद, दुई तोला सुन, २० तोला चाँदी र दुई जोडी सुनको टप समेत लुटेर लगेको प्रहरीले जनाएको छ। घटना भएका बेला चौधरी सुतिरहेका थिए। ‘म घरमा सुतिरहेको थिएँ। पाँच जना व्यक्तिहरु आए,' चौधरीले भने, ‘पटका पड्काएपछि तीन जना घर भित्र पसेर लुटपाट गर्न थाले। अरु दुई जना बाहिरै बसेर वरपरको निगरानी गरिरहे।' घटना थाहा पाएर उठ्दा केही बोलेमा मारिदिने धम्की दिएको उनले बताए।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा बुढीगंगा २ का २४ वर्षीय अशोक सरदारलाई नियन्त्रणमा लिएको छ। अशोकका बुवा ४६ वर्षीय प्रेमलाल सरदार घटनामा संलग्न भएको हुन सक्ने आशंकामा प्रहरी तत्कालनै उनको घरमा पुगेको थियो। एसपी बिसीका अनुसार प्रहरी पुग्दा प्रेमलाल घरमा नभएको र उनी सुत्ने खाटमा ओछ्यान मात्रै लागिरहेको पाइएको थियो। प्रहरी आएको थाहा पाएपछि अशोक पनि हामफालेर भाग्न खोजेका थिए। ‘प्रेमलाललाई घरमा भेटिएन।

छोरा अशोक पनि भाग्न खोजे,' बिसीले भने, ‘प्रेमलालका बारेमा सोधीखोजी गर्दा परिवारका सदस्यले सही जवाफ दिन सकेनन्। घटनामा प्रेमलालको संलग्नता भएको आशंकामा अनुसन्धान सुरु गरिएको छ।' सुरुमा प्रहरीलाई अशोकले बुवा सौचालय गएको जवाफ दिएका थिए। सौचालयमा गएर हेर्दा उनी त्यहाँ पनि नभेटिएको प्रहरीले जनाएको छ। घटना भएपछि प्रेमलाल सम्पर्कबिहीन हुनुले पनि आशंका पैदा गरेको प्रहरीको भनाई छ। प्रहरीले सरदार र चौधरीबीच केही समय अघि सामान्य विवाद समेत भएको पत्ता लगाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.