कृष्ण र स्नेहालाई स्वर्ण

कृष्ण र स्नेहालाई स्वर्ण

काठमाडौं : नेपाल आर्मीका कृष्ण घोरासैनी र पश्चिमाञ्चलकी स्नेहाराज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिप राष्ट्रिय सुटिङ प्रतियोगितामा स्वर्ण जितेका छन्। १० मिटर एयर राईफलको पुरुषमा कृष्ण र महिलामा स्नेहा पहिलो भए। कृष्णले र स्नेहाले समान २२६-२२६ अंक जोडे।

पुरुषमा २२४ अंकसाथ आर्मीका सुशे चौधरी दोस्रो र २०४ अंकसाथ मध्यपश्चिमाञ्चलका पवन घिमिरे तेस्रो भए। महिलामा मध्यमाञ्चलकी सिन्धुजा बस्नेत २२४ अंक जोड्दै दोस्रो र प्रहरीकी कल्पना परियार २०२ अंकका साथ तेस्रो भए।

पुरुष १० मिटर एयर पेस्तोलमा आर्मीका विष्णुकुमार विश्वामगर पहिलो, मध्यमाञ्चलका सुमन तुलाधर दोस्रो र आर्मीका कुवेर केसी तेस्रो भए। सो स्पर्धाको महिलामा प्रहरीकी सीमा तुलाधर, पश्चिमाञ्चलकी श्रेया केसी र आर्मीकी सरिता बस्नेतले शीर्ष तीन स्थान हात पारे। यसअघि चार टिम इभेन्टमा आर्मीले तीन तथा मध्यमाञ्चलले एक स्वर्ण जितेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.