बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर :  मोरङको रतुवामाई नगरपालिका १० मा यात्रुबाहक बसको ठक्करबाट शनिबार राति एक जनाको मृत्यु भएको छ।  उर्लाबारी–बरडंगा सडक खण्डमा को १ ख १९६४ नम्बरको बसले ठक्कर दिदाँ साइकल यात्री रतुवामाई ९ का ४८ वर्षीय काँशीराम धामी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए । उर्लाबारीबाट आमबारी जाँदै गरेको बसले सोही दिशातर्फ जाँदै गरेका साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका काँशीरामको उपचारका क्रममा नोवेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको प्रनि बस्यालले बताए । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.