नबिल बैंकद्वारा न्यानो लुगा वितरण
महेन्द्रनगर : नबिल बैंक महेन्द्रनगर शाखाले कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामा न्यानो लुगा वितरण गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी नबिल बैंक महेन्द्रनगर शाखाले शितलहर प्रभावित क्षेत्रमा न्यानो लुगा वितरण गरेको हो ।
यहाँ रहेका अति विपन्न ५० परिवारलाई न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ । नबिल फाउन्डेसनद्धारा आयोजित संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शित लहर प्रभावित क्षेत्रमा न्यानो लुगा वितरण गरिएका बैंकका कर्मचारी देवेन्द्र केसीले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरसंगको सहकार्यमा न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ । खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा अति विपन्न परिवारलाई न्यानो लुगा वितरण गरिएको हो ।
नबिल फाउन्डेसनले कम्बल, म्याट, न्यानो टोपी तथा चाउचाउ र विस्कुट लगायतका सामाग्रीहरु वितरण गरेको हो । भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथको अध्यक्षतामा भएको कार्यक्रममा नबिल बैंक महेन्द्रनगरका शाखा प्रबन्धक संजीब पाण्डे , नेपाल रेडक्रस कञ्चनपुरका उप–सभापति नरबहादुर राना , उपमन्त्री मञ्जु दाहाल,रुप बहादुर कठायत लगायत नबिल बैंक महेन्द्रनगर शाखाका कर्मचारीहरु, विपत व्यवस्थापनका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापनका अध्यक्ष र लक्षित समुदायको सहभागिता रहेको थियो ।
न्यानो लुगा वितरण कार्यक्रममा सहभागीहरुले नबिल फाउन्डेसनले तराईको कठङग्रिदो जाडोको बेला न्यानो लुगा वितरण गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए । नबिल फाउन्डेसनले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न समयमा सामाजिक कार्यमा सहयोग उपलब्ध गराउदै आइरहेको छ ।