'यौन अश्लीलता होइन'

'यौन अश्लीलता होइन'

पोखरा : छोटो मन्तव्यमा जति बोलिन् अधिकांश समय अनुपम रोशीले यौनबारे बोलिन्। खासमा त्यसबारे प्रस्टोक्ति दिइन्। उनी जहाँ गए पनि ‘तपाईं त यौन लेख्नुहुन्छ’ भन्ने प्रश्न उठिरहने। पोखरामा शनिबार पोखरेली युवा सांस्कृतिक परिवारको निम्तोमा आफ्नो कथाकृति मध्यान्तरमाथिको दृष्टिकोण पस्कने कार्यक्रममा पनि रोशीले त्यस्तै टिप्पणी सुनिन्। उनीभन्दा अघि बोल्ने वक्ताले कथामा यौन घुसाउने विशेषता मध्यान्तरमा भेटिएको बताइहाले। यौन भनेको अश्लीलता मात्रै होइन’, रोशी बोलिन्, ‘जीवन पनि हो।’

महिलाले यौन प्रसंग उल्लेख गरेर लेख्दा यौन साहित्यको बात लाग्ने गरेको उनको गुनासो थियो। ‘त्यही कुरा पुरुषले लेख्दा यौन साहित्य हुँदैन, साहित्य मात्रै हुन्छ’, उनले भनिन्, ‘हामीले लेख्दाचाहिँ यौन साहित्य हुने। यस्तो लाग्छ कहिलेकाहीँ त साहित्य नै नलेखूँ कि।’ समाजकै घटना र कल्पना मिसाएर कथा लेखेको प्रस्टोक्ति दिएकी कथाकार रोशीले यौन जीवनसँगै जोडिएको हुँदा जीवनबारे लेख्दा त्यो नछुटेको बताइन्। ‘यौन भनेको जीवनको केन्द्रमा हुन्छ,’ उनले भनिन्, ‘सृष्टिसँग पनि जोडिएको हुन्छ।’

उपन्यासकार गनेस पौडेलले मान्यताका आवरण भत्काउने स्वभाव अनुपम रोशीमा भेटेको सुनाए। पात्रका नाममा सचेतना देखिनु रोशीको सवल पक्षका रूपमा उनले अथ्र्याए। ‘उहाँका हरेक कथामा यौन छ, प्रेम छ, घुसाउनु नपर्ने ठाउँमा पनि यौन घुसेको छ’, अर्का टिप्पणीकार केशव सिग्देलले कालो छायाजस्तो उत्कृष्ट उपन्यासकी लेखक रोशीले कथासंग्रह मध्यान्तरमा पनि फेरि उत्कृष्टता पुष्टि गरेको सुनाए। पोयुसाका अध्यक्ष दीपक समीपले लेखनमा विशिष्ट पहिचान बनाउनसक्नु रोशीको विशेषता रहेको टिप्पणी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.