छक्का हानेको बल एक हातले समात्दा बने लखपति

छक्का हानेको बल एक हातले समात्दा बने लखपति

अकल्यान्ड : शनिबार न्युजिल्यान्डको दुनेदिनस्थित क्रिकेट मैदानमा खेल हेर्न पुगेका एक दर्शकका लागि अविष्मरणीय घटना घट्यो । ती दर्शक मैदानमा घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानविरुद्ध खेलेको खेल हेर्नका लागि पुगेका थिए । खेलको सुरुआतमै न्युजिल्यान्डका प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुप्टिलले छक्का प्रहार गरे । गुप्टिलले मोहमद आमिरको चौथो बललाई स्क्वायर लेगमा फ्लिक गर्दै छक्का प्रहार गरेका थिए ।

दर्शकदीर्घामा रहेका ती समर्थकले आफ्नो एक हातले सो बललाई समाते । ती समर्थकले बल आफूतिर आइरहेकाले रमाईलो लागेर समातेको बताए । यद्यपि त्यही एक हातको क्याचले उनका लागि कमाल गर्‍यो । न्युजिल्यान्डमा छक्का प्रहार गरेको बललाई एक हातले क्याच गरेमा ५० हजार न्युजिल्यान्ड डलर पुरस्कार दिने चलन रहेको छ । सोही नियमअनुसार ती समर्थकले पनि ५० हजार न्युजिल्यान्ड डलर पाए ।

ती समर्थकले रकम पाउँदा आश्चर्य ब्यक्त गरेका छन् । समर्थकले आफूलाई त्यो नियम बारे जानकारी नभएको बताएका छन् । ‘मैले रमाइलोका लागि त्यो क्याच लिएको थिएँ । तर, त्यसकै कारण अहिले रकम पनि पाएको छु’, ती समर्थकले भनेका छन्, ‘धेरै खुसी लागेको छ ।’

शनिबार सम्पन्न तेस्रो एकदिवसीय खेलमा पाकिस्तानलाई एक सय ८३ रनले पराजित गर्दै न्युजिल्यान्डले पाँच खेलको शृंखलामा ३–० को अग्रता बनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.