अन्‍नपूर्णको नयाँ ग्राहक योजना, देशभर रोड सो (तस्बिरहरू)

अन्‍नपूर्णको नयाँ ग्राहक योजना, देशभर रोड सो (तस्बिरहरू)

काठमाडौं : अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकले आफ्ना पाठकका लागि देशभर नयाँ वार्षिक ग्राहक योजना सुरु गरेको छ। काठमाडौंसहित पोखरा, नेपालगन्ज, बुटवल, चितवन र विराटनगरमा आइतबार बिहान भव्य रोड सो गरी ग्राहक योजना सुरुवात गरिएको हो।

अन्नपूर्ण मिडिया नेटवर्कको केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौड्यालले वार्षिक ग्राहक योजनअन्तर्गत ग्राहकलाई प्रदान गरिने गिफ्ट ह्याम्पर सर्कुलेशन विभागलाई हस्तान्तरण गरी रोड सोको उद्घाटन गरे।

अन्नपूर्ण परिसर तीनकुनेबाट सुरु भएको रोड सो बानेश्वरसम्म पुगेको थियो। रोड सोमा अन्नपूर्ण मिडिया नेटवर्कका कर्मचारी सहित सेल्स अफिसरहरू सहभागी थिए। मुलुकभर भएका सबै रोड सोहरूमा उल्लेखनीय सहभागिता थियो।

अन्नपूर्ण पोस्ट्ले पाठकलाई नयाँ ग्राहक योजनाबारे जानकारी दिन देशभर रोड सो गरेका हो। रोड सोका सहभागीले आम पाठकलाई अन्नपूर्ण पोस्ट्को नयाँ ग्राहक योजनाबारे जानकारी दिएका थिए।

‘वार्षिक ग्राहक योजनाको बारेमा पाठकलाई जानकारी दिन देशभर एकैसाथ रोड सो गरेका हौं’, सर्कुलेशन म्यानेजर मनोज बस्नेतले भने, ‘रोड सोमा सहभागी सेल्स अफिसरहरूले अन्नपूर्णको योजना बारे घरघरमा पुगी जानकारी दिनेछन्।'

अन्नपूर्णको योजनामा सहभागी हुने पाठकले तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्नासाथ हातहातै इलेक्ट्रोनिक्स ब्लडप्रेसर (बीपी) मेसिन उपहार पाउनेछन्।

‘ज्ञानको धनी साथमा टन्न मनी’ नाराका साथ अन्नपूर्ण पोस्ट्ले सुरु गरेको नयाँ ग्राहक योजनामा वार्षिक ग्राहकले हातहातै बीपी मेसिनका अलावा हरेक दिन एक जना वार्षिक ग्राहकले लक्की ड्रमार्फत नगद एक लाखसमेत उपहार पाउने सर्कुलेसन म्यानेजर मनोज बस्नेतले बताए।

‘पछिल्लो समय उच्च रक्तचापका बिरामी बढेकाले घरमै जाँच्न सकियोस् भनेर यस्तो उपहार राखिएको हो,’ उनले भने, ‘यो योजनाले हाम्रा प्रत्येक पाठकको स्वस्थ जीवनको परिकल्पना साकार बन्नेछ।’

पक्का उपहारमा रक्तचाप जाँच्ने डिजिटल मेसिन र प्रत्येक दिन नेपालभर ग्राहक बनेका मध्येबाट लक्की ड्र गरी दैनिक एक जनालाई एक लाख रुपैयाँ दिइने बस्नेतले बताए। हरेक दिन गरिने लक्की ड्र को एपीवान टेलिभिजनले बेलुका प्रत्यक्ष प्रसारण गर्नेछ।

‘चार महिनासम्म सञ्चालन गरिने यो योजनामा अन्नपूर्ण पोस्ट्का ६० हजार नयाँ ग्राहक थपिनेछन्’, बस्नेतले भने, ‘देशभर रहेका हाम्रा सेल्स अफिसरले अन्नपूर्णको ग्राहक योजनाबारे घरघरमा पुगेर जानकारी दिनेछन् । त्यसका लागि देशभर सेल्स अफिसर परिचालन गरिसकेका छौं।’

अन्नपूर्ण पोस्ट् काठमाडौंसँगै बुटवल, इटहरी र कोहलपुरबाट एकैसाथ प्रकाशन हुँदै आएको छ। पत्रिकामा राष्ट्रिय–अन्तर्राष्ट्रिय घटनाक्रमका अलावा गहकिला विश्लेषण र सातै प्रदेशका समाचार छापिन्छ भने अर्थसम्बन्धी चार पृष्ठको छुट्टै ‘अर्थतन्त्र’ साताको ६ दिन (शनिबारबाहेक) प्रकाशन हुन्छ।

साथै, हरेक शुक्रबार मनोरञ्जन विशेष 'शैली' र प्रत्येक शनिबार बौद्धिक खुराकका रूपमा ‘फुर्सद’ र हरेक आइतबार साना नानीका लागि भनेर ‘अंकुर’ प्रकाशन हुन्छ।

अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत अन्नपूर्ण पोस्ट् दैनिकसहित 'सम्पूर्ण' साप्ताहिक, एपीवन एचडी टेलिभिजन, रेडियो अन्नपूर्ण नेपाल र अन्नपूर्ण पोस्ट डट कम सञ्चालित छन्।

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.