पूर्वप्रधानमन्त्री नेपाल स्वदेश फिर्ता
काठमाडौ : नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बंगलादेशमा सम्पन्न ‘मुभमेन्टस् इन एसिया आर कमिङ् टुगेदर इन ढाका’ बैठकमा सहभागी भई आइतबार स्वदेश फर्किएका छन् ।
उनी बंगलादेश वर्कर पार्टीको निमन्त्रणामा विशिष्ट अतिथिका रुपमा सहभागी हुन यही पुस २७ गते त्यसतर्फ प्रस्थान गरेका थिए । नवउदारवाद तथा विश्वव्यापीकरणको एसिया क्षेत्रमा बढ्दै गएको प्रभाव, जीवन रक्षाका लागि जनताको संघर्ष र प्रजातन्त्रलगायत विषयमा नेता नेपालले धारणा राखेको सचिवालय सदस्य नितेश पौडेलले जानकारी दिए ।
एक्काइसौँ शताब्दीमा देखिएका समाजवादका चुनौती र अनुभवका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ । रासस