सान्चेजले छाड्न लाग्दा आर्सनलमाथि बोर्नमाउथको चोट

सान्चेजले छाड्न लाग्दा आर्सनलमाथि बोर्नमाउथको चोट

काठमाडौँः स्टार स्ट्राइकर एलेक्सिस सान्चेज अर्को क्लबमा सर्ने तयारीमा जुटेका बेला आर्सनललाई बोर्नमाउथले झट्का दिएको छ । इङ्लिस प्रिमियर लिग अन्तरगत आइतवार राति भएको खेलमा बोर्नमाउथले २–१ को जित निकालेको हो ।

बोर्नमाउथलाई जिताउने क्रममा खेलको ७० औँ मिनेटमा विल्सन र ७४ औँ मिनेटमा इबेले निर्णायक गोल गरे । पराजित आर्सनलका लागि खेलको ५२ औँ मिनेटमा बेलेरिनले गोल गर्दै अग्रता दिलाउन सफल भएका थिए । यो हारसँगै आर्सनल लगातार पाँच खेलमा जितविहीन बनेको छ ।

जसका कारण म्यानेजर आर्सेन वेङ्गरमाथि निरन्तर दबाब बढ्दै गएको छ । आर्सनलले पछिल्लो पटक डिसेम्बर २९ मा प्रिमियर लिगको खेलमा क्रिस्टल प्यालेसमाथि ३–२ को जित निकाले यता अर्को जित आत्मसाथ गर्न पाएको छैन ।

आर्सनलले त्यसअघि डिसेम्बर २३ मा लिभरपुलसँग ३–३ को बराबरी खेलेको थियो । क्रिस्टल प्यालेसलाई हराएपछि आर्सनलले प्रिमियर लिगमा वेस्ट ब्रोम र चेल्सीसँग बराबरी खेल्यो । उसले जनवरी ११ मा भएको काराबाओ कपमा चेल्सीसँगै गोलरहित बराबरी खेलेको थियो ।

बोर्नमाउथसँगको हारपछि आर्सनलले प्रिमियर लिगमा २३ खेलबाट केबल ३९ अंकमात्रै जोड्दै लिगको छैटौँ स्थानमा छ । विजयी बोर्नमाउथ २३ खेलबाट २४ अंक जोड्दै लिगको १३ औँ स्थानमा छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.