यस्तो छ साना दलको चुनावी समीक्षा

 यस्तो छ साना दलको चुनावी समीक्षा

काठमाडौं : प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि साना दलहरू यतिबेला चुनावी समीक्षामा व्यस्त छन् । आफ्नो पराजयलाई सबैजसो साना दलले ‘अनपेक्षित’ भनेका छन् ।प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभामा १.५ प्रतिशत थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय मान्यताबाट समेत वञ्चित बनेका दलहरूले पराजयको प्रमुख कारण भने कमजोर संगठनलाई नै मानेका छन् । चुनावको मुखमा ठूला दल गठबन्धन बनाएर निर्वाचनमा गएका कारण सोचेजस्तो परिणाम ल्याउन नसकेको उनीहरूको निचोड छ ।

‘यो पटक राष्ट्रिय पार्टी, अर्काे पटक देशको नेतृत्व’ भन्ने नाराका साथ चुनावमा होमिएको विवेकशील साझा पार्टीले प्रतिनिधिसभामा एक सिट पनि जित्न सकेन । समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याउन नसक्दा ‘राष्ट्रिय पार्टी’ बन्ने उसको सपना पनि पूरा भएन । पार्टी निर्माणको चार महिनामै निर्वाचनमा होमिनुपरेको जनाउँदै विवेकशीलले संगठनबिनै उम्मेदवारी दिँदा पनि उत्साहजनक मत आएको प्रतिक्रिया दिएको छ । प्रतिनिधिसभामा काठमाडौं क्षेत्र १ का उम्मेदवार रविन्द्र मि श्र कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतले पराजित भए भने प्रदेश ३ मा साझाले तीनवटा सिट हात पारेको छ ।

दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ पाँच सिट जितेको नेकपा मालेले यसपटक एक सिट पनि जित्न सकेन । माले महासचिव सीपी मैनालीले कमजोर संगठन र वामपन्थी लहरका कारण पराजित भएको दाबी गरे । उनले भने, ‘पहिलो कुरा त संगठन नै हो । त्यसमाथि दुई ठूला वाम दल मिलेपछि हाम्रो पार्टी चेपुवामा पर्‍यो ।’

विवेकशील साझा : संगठनबिनै उम्मेदवारी दिँदा पनि उत्साहजनक मत आयो ।
माले : कमजोर संगठन र वामपन्थी लहरका कारण हारियो ।
नयाँ शक्ति : पार्टीका नीति जनतासम्म लैजान नसक्दा अपेक्षाकृत परिणाम आएन ।

वैकल्पिक शक्तिका रूपमा प्रचार गरिएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले महाधिवेशन आयोजक समितिको बैठक बोलाएर चुनावी समीक्षा गरेको छ । चुनावी समीक्षा र आगामी रणनीति तय गर्न बसेको बैठकले पार्टीका नीति जनतासम्म लैजान नसक्दा अपेक्षाकृत परिणाम नआएको निष्कर्ष निकालेको थियो । नयाँ शक्तिका नेता गंगा श्रेष्ठले भने, ‘हामी राष्ट्रिय दल हुन्छौं भन्नेमा विश्वस्त थियौं, तर परिणाम सोचेअनुसार आएन ।’

सरकारमा सहभागिताको विषयलाई लिएर निर्वाचनअघि विभाजित राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राष्ट्रवादीले पनि कमजोर संगठनका कारण पार्टीका एजेन्डा जनतामाझ लैजान नसकेको जनाएका छन् । पार्टी एकतापछि संसद्मा ३७ सिटसहित चौथो शक्तिका रूपमा रहेको राप्रपाले चुनावको मुखमा विभाजन हुँदा पराजित हुनुपरेको दाबी गरेको छ । राप्रपाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले राप्रपालाई कमजोर बनाउन चुनावको मुखमा पार्टी विभाजन गरेको आरोप लगाएको छ भने पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले देशभर पार्टीको संगठन निर्माण गर्न नसक्नुलाई हारको कारण मानेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.