नेविसंघमा चर्कियो विवाद : असन्तुष्ट पक्षले सोध्यो स्पष्टीकरण

नेविसंघमा चर्कियो विवाद : असन्तुष्ट पक्षले सोध्यो स्पष्टीकरण

काठमाडौं : कांग्रेसको भातृ संगठन नेविसंघमा विवाद चर्किएको छ। पार्टी सभापति शेरबहादुर देउवा र अर्का नेता कृष्ण सिटौला पक्षका कार्यकर्ताबीच विवाद बढेको हो।

अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले नै एक-अर्काविरुद्ध आरोप-प्रत्यारोपमा उत्रिएका छन्। अध्यक्ष नैनसिंह महर, अनुशासन समिति अध्यक्ष अम्बिका चलाउनेलगायत पदाधिकारी विधानविपरीत चलेको आरोप लगाउँदै सिटौला समूहका विद्यार्थीले समानान्तर अनुशासन समिति गठन गरेका छन्। समितिले महर, चलाउनेलगायतसँग स्पष्टीकरणसमेत सोधेको छ।

महरले अध्यक्ष भएदेखि नै विधानविपरीत गतिविधि गरिरहे पनि आफूहरूले सहेर बसेको तर जति सह्यो उति नै पेल्दै गएका कारण बाध्य भएर समानान्तर समिति बनाएको असन्तुष्ट पक्षले जनाएको छ। महर डेढ वर्षअघि नेविसंघ अध्यक्षमा निर्वाचित भएका थिए। देउवा पक्षको समर्थन पाएका उनले अध्यक्षका अर्का प्रत्याशी मनोजमणि आचार्यलार्ई पराजित गरेका थिए।

नेतृत्व चयनको क्रममै तीन गुटमा विभाजन भएको नेविसंघमा अहिले पनि देउवा, सिटौला र अर्का नेता रामचन्द्र पौडेलको छुट्टाछुट्टै समूह छ। महर समूहको गतिविधिप्रति असन्तुष्ट समूह पौडेलपक्षीय विद्यार्थीको समेत समर्थनमा आरोप- प्रत्यारोपमा उत्रिएको हो।

‘अध्यक्षले खल्तीबाट संगठन चलाएकाले विरोधमा उत्रिएका हौं। विधानअनुसार नचले संघ नै विघटन हुन सक्छ।'
- कुन्दनराज काफ्ले, महामन्त्री

 

असन्तुष्ट समूहले काटेको स्पष्टीकरणपत्रमा स्ववियुको चुनावमा उम्मेदवार छनोट गर्दा विधानविपरीत काम गरेको, स्ववियुमा वागी उम्मेदवार रहेकालाई प्रोत्साहन गरेको, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस र सीटीईभीटीमा कार्यकर्ताको भावनाविपरीत आर्थिक प्रलोभनमा परेर समन्वयन समिति गठन गरेकोलगायत आरोप लगाएको छ।

स्पष्टीकरण सोध्ने अनुशासन समितिका संयोजक राजेश रौनियार हालका सहमहामन्त्री समेत हुन्। उनलाई संघका महामन्त्री कुन्दनराज काफ्लेले समिति संयोजकको जिम्मेवारी दिएका दिएका हुन्।

संघ अध्यक्ष महरले भने संगठनमा कुनै हैसियत नै नभएका र विगतमा पनि पटक-पटक कारबाहीमा परिसकेका कार्यकर्ताले पत्र लेख्दैमा स्पष्टीकरण भन्न नमिल्ने बताए। ‘यो पत्रको कुनै अर्थ छैन। मानसिक सन्तुलन गुमाएका केही कार्यकर्ताले सनकको भरमा गरेको संगठनको दुरुपयोग हो', उनले भने, ‘यस्ता नेतालाई मानसिक उपचारका लागि अस्पताल भर्ना हुन सुझाव दिन्छु। अन्यथा उनीहरू नै संगठनमा रहँदैनन्।' संघको लेटरप्याड र छाप दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने चेतावनी महरले दिए।


‘यो पत्रको कुनै अर्थ छैन। मानसिक सन्तुलन गुमाएका केही कार्यकर्ताले सनकको भरमा गरेको संगठनको दुरुपयोग हो।' - नैनसिंह महर, अध्यक्ष, नेविसंघ

महामन्त्री कुन्दनराज काफ्लेले अध्यक्ष महरले खल्तीबाट संगठन चलाएकाले विरोधमा उत्रेको बताए। महर विधानअनुसार नचले पार्टीका जिम्मेवार नेताहरूसँग परामर्श गरेर संघ नै विघटन गर्ने चेतावनी काफ्लेले दिए।

नेविसंघमा एक सय ५१ सदस्यीय केन्द्रीय समिति छ। जसमा एक सय २९ निर्वाचित र बाँकी मनोनीत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.