प्रिमियर लिगः म्यानचेस्टर सिटीको पहिलो हार, लिभरपुल ४–३ ले विजयी
काठमाडौँः यो सिजनको इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर सिटीले २३ खेलपछि पहिलो हार व्यहोरेको छ ।
बलियो प्रतिद्वन्द्वी लिभरपुलको घरेलु मैदान एनफिल्डमा आइतवार राति भएको प्रिमियर लिगको २३ औँ चरणको भिडन्तमा लिभरपुलले सिटीलाई ४–३ गोलअन्तरले हराउन सफल भएको छ ।
लिभरपुलसँगको पराजयपछि सिटीको प्रिमियर लिगमा लगातार २३ खेलसम्मको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।
लिभरपुललाई जिताउने क्रममा खेलको नवौँ मिनेटमा ओक्सलाडे च्याम्ब्रेलाइनले पहिलो गोल गरे । उनले सिटीका डिफेन्डरलाई बिट गर्दै बललाई जाली चुमाएका थिए ।
तर सिटीका लागि खेलको ४० औँ मिनेटमा ल्योरो सानेले उत्कृष्ट गोल गर्दै खेललाइए बराबरीमा ल्याउन सफल भए । दोस्रो हाफमा उपाधि होडमा उपाधि होडमा फराकिलो अग्रता बनाइरहेको सिटीलाई लिभरपुलले एकपछि अर्को झट्का दियो । लिभरपुलका लागि रोबर्टो फिरमिन्होले खेलको ५९ औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता दिए ।
त्यसपछि ६१ औँ मिनेटमा स्याडियो मानेले गोल गरेपछि लिभरपुलले सिटीविरुद्ध ३–१ को अग्रता बनायो । लिभरपुल त्यतिम रोकिएन । सिटीका किपर एन्डरसन अघि बढेर प्रहार गरेको बललाई खेलको ६८ औँ मिनेटमा सदुपयोग गर्दै लङ्ग रेन्ज बलमा लिभरपुलका मोहम्मद सलाहले गोलको दिशा दिन सफल भएपछि लिभरपुल ४–१ को अवस्थामा पुग्यो ।
तर, सिटी पनि हार मान्ने पक्षमा थिएन । लिगमा १६ अंकको अग्रता बनाएको सिटीका लागि खेलको ८५ औँ मिनेटमा ब्रेन्राडो सिल्भा र खेलको ९१ मिनेटमा गुन्दोगानले गोल गरेपछि नतिजा ४–३ मा टुंगियो । आजको खेलपछि सिटी २३ खेलबाट ६२ अंकसहित लिगको पहिलो स्थानमा कायम छ ।