राष्ट्रिय सभा निर्वाचनमा खटिए कर्मचारी

राष्ट्रिय सभा निर्वाचनमा खटिए कर्मचारी

जनकपुरधाम : प्रदेश नम्बर २ मा राष्ट्रियसभा निर्वाचनको तयारी सुरु भएको छ। सरकारले यो प्रदेशका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरमा स्थापना गरेपछि राष्ट्रियसभा निर्वाचन तयारी सुरु भएको हो।

राष्ट्रियसभा सदस्य चयनका लागि मतदान कार्यालयकै प्रांगणमा गर्ने योजनाअनुसार आइतबारदेखि तयारी थालेको सहायक मुख्य निर्वाचन अधिकृत राधाकान्त झाले जानकारी दिएका छन्। यही माघ २४ गते हुन लागेको राष्ट्रियसभा निर्वाचन तयारीमा यहाँ ११ जना कर्मचारी खटिएका छन्। स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा विभिन्न सरकारी कार्यालयका कर्मचारीलाई निर्वाचनमा खटाइए पनि राष्ट्रियसभाका लागि जिल्ला निर्वाचन कार्यालयका कर्मचारी मात्र खटिने भएका छन्।

राष्ट्रियसभा सदस्य चयनका लागि आठ जिल्लाका प्रदेशसभा सदस्यसहित एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिकाका मेयर, उपमेयर र ५१ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन्। यो प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि तीन सय ७९ जना मतदाता छन्।

प्रदेश २ बाट आठ सदस्य राष्ट्रियसभामा निर्वाचित हुने मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिएका छन्। तीन खुला, तीन महिला, एक अल्पसंख्यक र एक अपांगता भएकाबाट राष्ट्रियसभामा चुनिनेछन्।

प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनको तयारी
० माघ २४ गते हुने निर्वाचन तयारीमा ११ कर्मचारी खटिए
० प्रदेश २ बाट आठ सदस्य राष्ट्रियसभामा निर्वाचित हुने

० आठ जिल्लाका प्रदेशसभा सदस्यसहित ३७९ जना मतदाता

० माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम

निर्वाचन आयोगले माघ ७ गते राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्नेछ। दाबी, विरोधको कार्यक्रम पनि सोही दिन रहने जनाइएको छ। माघ ८ र ९ गते उजुरीमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.