खोटाङका दिनेशको कमाल, यसरी बनाए विश्व रेकर्ड
काठमाडौँ : खोटाङको राजापानीका एकजना युवाले गिनिज बुक विश्व रेकर्डमा नाम लेखाउन सफल भएका छन् । जिम्न्यास्टिक खेलाडी दिनेशले सुनारले एक मिनेटमा १८ पटक ट्विस्टि ब्याक फ्लिप्स गरेर गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल भएका हुन् ।
यो सफलतासँगै उनलाई अमेरिकामा प्रशिक्षण दिने अवसर पनि मिलेको छ। राष्ट्रिय खेलकुद परिषदले गरेको बिदाई कार्यक्रममा सदस्य सचिव केशव बिष्टले सुनारलाई प्रमाणपत्र र प्रोत्साहन स्वरुप २५ हजार नगद प्रदान गरे । विष्टले नेपाल र नेपाली शीर उँचो बनाइदिएकोमा सुनारलाई धन्यवाद दिए ।
खोटाङमा जन्मेका युवा अमेरिकामा प्रशिक्षक बन्न पाउनु नेपालीको गौरवको कुरा रहेको सदस्य सचिव बिष्टले बताए। कार्यक्रममा परिषदका प्रशिक्षक तथा अनेरास्ववियुका पुर्व विद्यार्थी नेता महेन्द्र राई र युवा संघ नेपालका नेता प्रभातबिक्रम कटवाल लगायतले दिनेश जस्ता युवालाई राज्यले हौसला दिनुपर्ने बताए ।