मकर नुहाउने क्रममा डुबेर मृत्यु

मकर नुहाउने क्रममा डुबेर मृत्यु

चितवन : चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित त्रिशुली नदीमा सोमबार मकर नुहाउने क्रममा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–३ का ७८ वर्षीय पदमनाथ अधिकारी रहेको चिवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

मृतक अधिकारी करिब १०ः३० बजे नुहाउने क्रममा अचानक ढुङ्गाबाट चिप्लिएर त्रिशूली नदीमा खसेको बताइएको छ । उनलाई घटनास्थलबाट ३०० मिटर तल त्रिशूली र कालीगण्डकीको संगम बेनीमा बगाइरहेको देखेपछि सुरक्षामा खटिएको टोलीले उद्धार गरेको थियो ।

गम्भीर घाइते भएका अधिकारीको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीको भनाइ छ । उनको शव भरतपुर अस्पतालमा राखिएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.