पुरुषको शव फेला
भक्तपुर : भक्तपुर नगरपालिका– २ चप्पल कारखाना नजिक डेरा गरी बस्ने ४४ वर्षीय निर्मल खनाल मृत भेटिएका छन् ।
विराटनगर महानगरपालीका –२ स्थायी घर भएका खनालको शव उनकै कोठामा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका नायव उपरीक्षक कृष्ण प्रसाइँले बताए ।
खनालको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिइएको छ । रासस