मिनीट्रकको ठक्करले एकको मृत्यु
नुवाकोट : मिनीट्रकको ठक्करबाट बेलकोटगढी नगरपालिका–१० का यमबहादुर पाण्डेको सोमबार मृत्यु भएको छ ।
घर नजिकै सडक छेउमा हिडिरहेका ६० वर्षीय पाण्डे बा ४ ख ८०३० नम्बरको मिनीट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले बताए । रासस