गुरु घिमिरे भन्छन्: समयमै उपचार नभए कांग्रेसलाई गाह्रो हुन्छ

गुरु घिमिरे भन्छन्: समयमै उपचार नभए कांग्रेसलाई गाह्रो हुन्छ

काठमाडौँः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गुरुराज घिमिरेले निर्वाचनमा पराजयपछि कांग्रेसमा लागेको घाउको समयमै उपचार नभए ठुलो क्षति पुग्ने बताएका छन् ।

‘घाउ लाग्नेवित्तिकै उपचार गर्नुपर्छ’, घिमिरेले भने, ‘धेरै रगत बगेपछि निको हुन गाह्रो हुन्छ ।’ उनले चुनावमा पराजयको एक कारण वाम गठबन्धन भएपनि आन्तरिक कारण प्रमुख रहेको बताए ।

‘हारको एउटा कारण वाम गठबन्धन होला तर प्रमुख कारण आन्तरिक हो । सरकारमा पार्टी रहेको अवस्थामा कसरी यस्तो लज्जापद पराजय भयो ?’, उनको प्रश्न थियो, ‘हामी मात्र होइन अरु पार्टीका साथीहरु समेत तिमीहरुले कसरी नराम्रोसँग हार्यौ‍ भन्छन्, पार्टीमा मात्र होइन बाहिर समेत कांग्रेसको हारको कारण खोजी भइरहेको छ ।’

उनले हारमा संस्थागत कमिकमजोरी नेतृत्वकै कारणले भएको बताए । निरन्तर मन्त्री हुनेदेखि टिकट वितरणसम्ममा भएको कमजोरीले पराजय भोग्नु परेको घिमिरेको बुझाई छ । ‘हाम्रा मन्त्रीले के काम गरे ? जनतासँग किन पुगेनन् ?’, घिमिरेको प्रश्न थियो ।

घिमिरेले आफनै नेतृत्वको सरकारले गराएको चुनावमा पराजय भोग्नुपर्दा कार्यकर्तामा निराशा, चिन्ता र अन्यौलता छाएको बताए ।

घिमिरेले हारको जिम्मेवारी नेतृत्वले लिन सक्नुपर्ने बताए । हारभित्र नेतृत्वदेखि युवा नेतासम्मको कमजोरी भए पनि सबैले जिम्मेवारी लिन तयार हुनुपर्ने बताए । अहिलेको छलफललाई सामान्य भन्दै उनले आफूहरुले गुटभन्दा माथि उठेर छलफल गरेको दाबी गरे।

‘पार्टीलाई पुनर्जीवित र पुनर्जागरण गर्न आवश्यक छ’, घिमिरेले थपे, ‘हामीले गुट भन्दामाथि उठ्ने प्रयास गरेका छौँ ।’ देशभरका १४/१५ सय कार्यकर्ताबीच छलफल चलाउन महासमिति बैठक डाक्नु पर्ने अधिकांशको माग रहेको उनले बताए । ‘कांग्रेसलाई कसरी अगाडि लाने र भोलिका लागि कसरी तयार पार्ने ? त्यसबारे देशभरका कार्यकर्तामाझ छलफल गर्नुपर्छ’, उनले भने । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.