दुर्लभ प्रजातिको अजिंगर भेटियो
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सोमबार दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ । स्थानीय राजेन्द्रप्रसाद पाण्डेयको गोठमा फेला परेको करिब दुई वर्ष उमेरको आठ फिट लामो अजिंगर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारीको जिम्मा लगाइएको थियो ।
अजिंगरलाई आरक्षका कर्मचारीले चम्फापुर नजिक निकुञ्जको सुरक्षित क्षेत्रमा छाडेको बताइएको छ । सो अजिंगर संरक्षित प्रजातीको सूचीमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पूर्वी क्षेत्रका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताए ।
उक्त अजिंगर पाइथनमोरोलस प्रजातिको रहेको बताइएको छ । रासस