राप्रपा राष्ट्रवादी नेता ठाकुरको निधन

राप्रपा राष्ट्रवादी नेता ठाकुरको निधन

जनकपुरधाम : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सल्लाहकार उदयकान्त ठाकुरको आज बिहान जनकपुरधाममा निधन भएको छ। केही महिनादेखि बिरामी रहेका ७६ वर्षीय ठाकुरको आज बिहान ६: ३० बजे जनकपुरधामको देवीचोकस्थित आफ्नै निवासमा निधन भएको हो।

उनी पञ्चायतकालमा जनकपुर नगरपालिकाको उपप्रमुखसमेत भएका थिए। भाषणकला सन्दर्भमा जनकपुर क्षेत्रमा उनी चर्चित थिए। उनका श्रीमती, एक छोरा र दुई छोरी छन्। परिवारका अनुसार उनको आजै जनकपुरको स्वर्गद्वारमा अन्तिम संस्कार गरिनेछ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.