कांग्रेस केन्द्रीय कार्यसमिति बस्दै, निर्वाचनको समीक्षा मूख्य एजेन्डा

कांग्रेस केन्द्रीय कार्यसमिति बस्दै, निर्वाचनको समीक्षा मूख्य एजेन्डा

काठमाडौँ: लामो समयपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहीबारका लागि केन्द्रीय कार्य समितिको बैठकको मिति तोकिएको हो ।

मंसिरमा भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नराम्ररी हार व्यहोरेपछि कांग्रेसको नीति र नेतृत्व नै फेरिनुपर्ने आवाज उठ्दै आएको छ।

नेताहरु नवीन्द्रराज जोशी र गगन थापासहितले चुनावको पराजयको प्रमुख दोषी सभापति शेरबहादुर देउवा भएकाले उनले राजीनामा दिएर नयाँलाई बाटो प्रशस्त गर्नुपर्ने अडान राख्दै आएका छन् ।

अर्कातिर नेताहरु विश्वप्रकाश शर्मासहितले निर्वाचनको पराजयको दोष पार्टी सभापतिको टाउकोमा मात्रै थोपरेर अरु नेता उम्किन नपाइने बताउँदै आएका छन् ।

केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा कांग्रेसमा गुटगत सक्रियता पनि बढेको छ । केही दिनदेखि वरिष्ठ नेता रामचन्द्र पौडेलसहितले गुटगत भेला गरिसकेका छन् ।

अर्कातिर कोइराला परिवारका शेखर, शशांक र सुजाता पनि कोइराला परिवार तथा कांग्रेसको विरासत थेग्न भन्दै छुट्टै गुट निर्माणमा सक्रिय भएका छन् ।

देउवा पक्षले भने चुनावमा पराजय वाम गठबन्धन पनि भएको बताउँदै आन्तरिक कारणबारे छलफल गर्न सकिने तर एउटा व्यक्तिलाई मात्रै दोषी बनाउन नहुने अडान राखिरहेको छ ।

विवादका बीच प्रवक्ता शर्माले माघ ४ गते बिहान ११ बजेलाई बैठक बोलाइएको जानकारी दिए । 'माघ ४ को केन्द्रीय समिति बैठकमा रास्ट्रिय सभा निर्वाचन तयारी तथा निर्वाचनमा पराजयको गम्भीर समिक्षाको सुरुवात हुनेछ', उनले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.