कारवाहीमा परे विराट कोहली, तिर्नुपर्‍यो जरिवाना

कारवाहीमा परे विराट कोहली, तिर्नुपर्‍यो जरिवाना

एजेन्सी: भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीमाथि आईसीसीले कारवाही गरेको छ । कोहलीलाई आईसीसीको कोड अफ कन्डक्ट लेभल १ को उल्लंघनमा दोषी पाइएपछि कारवाही गरिएको हो ।

आईसीसीले कारवाही गर्दै कोहलीमाथि म्याच फिसको २५ प्रतिशत जरिवाना तिराएको हो । यतिमात्रै होइन आईसीसीको तर्फबाट कोहलीलाई १ डिमेरिट पोइन्ट पनि मिलेको छ। भारतीय कप्तान कोहलीले दक्षिण अफ्रिकाविरुद्ध सेन्चुरियन टेस्टको तेस्रो दिन खराब प्रकाशका कारण खेल रोकेको मामिलामा म्याच एम्पायरको निर्णयबारे आपत्ति जनाएका थिए ।

कोहली भारत र दक्षिण अफ्रिकाबीच सेन्चुरियनमा खेलिएको दोस्रो टेस्ट म्याचको तेस्रो दिन अन्तिम सत्रको खेल रोकेकोमा धेरै रिसाएका थिए । म्याचका क्रममा पहिले बर्षातले खेलमा बाधा गर्‍यो । तर जब बर्षातपछि खेल सुरु हुँदा ५ ओभरपछि फेरि खेल रोकियो ।

अम्पायरले खराब प्रकाशका कारण खेल रोकिदिएका थिए । त्यसपछि कप्तान विराट कोहली रिसाउँदै मैदान बाहिर निस्किएका थिए । त्यसपछि उनी सिधै म्याच रेफ्री क्रिस ब्रोडको कोठामा पुगे । कोहलीले म्याच रेफ्रीसामू खेल रोकेकोमा आपत्ति प्रकट गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.