३२ हजार घुस रकमसहित दुई पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३२ हजार घुस रकमसहित दुईजना कर्मचारीलाई पक्राउ गरेको छ। यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंमा कार्यरत नायव सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो।
लेखापढी व्यवसायी अशोक कार्कीसँग विदेशी सवारी चालक अनुमति पत्र नेपालीकरण गरिदिने भन्दै घुसरकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले कार्यालय परिसरबाटै पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।