असन र इन्द्रचोकमा आजबाट चार पाङ्ग्रे निषेध

असन र इन्द्रचोकमा आजबाट चार पाङ्ग्रे निषेध

काठमाडौँ : काठमाडौँको असन र इन्द्रचोक आसपासका भित्री सडकमा आज (मंगलबार) बाट ४ पाङग्रे सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

काठमाडौँ महानगरपालिकासँगको समन्वयमा आवागमन सहज बनाउन उक्त क्षेत्रमा ४ पाङग्रे सवारी साधनलाई विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले बताए ।

इन्द्रचोकबाट बटु, असन र भेडासिंह जाने चार पाङ्ग्रे गाडीलाई जान निषेध गरिएको हो। यस्तै ठैँटीबाट ज्वालामाई हुँदै असन जाने र ठैँटीबाट सिधै असन जाने चार पाङग्रे गाडीलाई पनि निषेध गरिएको छ । ज्याठा, कमलाक्षी, भोटाहिटी र महाबौद्धबाट असनतर्फ पनि चार पाङ्ग्रे सवारी साधन जान पाउने छैनन् ।

असन-भोटाहिटी सडकखण्डमा भने आजबाट सबै प्रकारका सवारी साधनलाई रोक लगाइएको छ । भेडासिंहबाट नघल बाङगेमुढा र इन्द्रचोकसम्मको सडकलाई पनि २४ सै घण्टा एकतर्फी बनाइएको छ । यसअघि ट्राफिक प्रहरीले ठमेल र पशुपती क्षेत्रका भित्री सडकलाई 'भेइकल फ्री' जोन बनाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.