वाम एकता तोड्न खोजे देउवा नांगो हुन्छन् : गौतम

वाम एकता तोड्न खोजे देउवा नांगो हुन्छन् : गौतम

काठमाडौं : एमाले कार्यबाहक अध्यक्ष वामदेव गौतमले वाम एकता तोड्न खोजे कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नांगिने बताएका छन्। भक्तपुरबाट प्रकाशित ‘समय समाज’ साप्ताहिकको १३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मंगलबार बोल्दै गौतमले भने, ‘देउवाजीले जति एकता तोड्ने प्रयास गर्छन् । त्यत्ति नै उनको शरीरका कपडा बाहिर जाँदैछन्। यस्तै ढंगले चलिरहे चाँडै देउवा निवस्त्र हुनेछन्।’

गौतमले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने हैसियतमात्र दिएकाले सोही अनुसार अघि बढ्न सुझाव समेत दिए। ‘जनताले निर्वाचनमार्फत् वाम गठबन्धनलाई सरकार बनाएर सञ्चालन गर र कांग्रेसलाई प्रतिपक्षमा बस भनिसकेका छन्’, गौतमले भने, अझै किन निर्वाचन आयोगलाई हातमा लिएर कठपुतली बनाउँदै चलखेल गरिरहेको हो ?’

आफूलाई लोकतन्त्रको हिमायती भन्ने कांग्रेस नै लोकतन्त्रविरुद्ध षडयन्त्र गरिरहेको उनको भनाइ थियो। उनले अबको पाँच वर्ष एमाले र माओवादी मिलेर देश विकास गर्ने र त्यसको परिणामले कम्तिमा ३० वर्षसम्म जनताले अनुमोदन गर्दै जाने बताए।

उनले २०६४ सालको संविधान सभापछि पनि ४ महिना सत्ता नसुम्पिएको स्मरण गर्दै कांग्रेसले संघीय लोकतान्त्रिक व्यवस्थाको पहिलो सरकार बनाउन वाम गठबन्धनलाई रोक्न नसक्ने चुनौती दिए।

कार्यक्रममा बोल्दै पूर्वउद्योगमन्त्री महेश बस्नेतले पनि कांग्रेसले जनमतको अपमान गरेर सत्ता लिप्सा देखाइरहेको आरोप लगाए।

अन्नपूर्णकर्मी ढुंगानालाई क्रियाशील पत्रकारिता सम्मान


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.