उपराष्ट्रपति पुन र भारतीय राजदूतबीच भेटवार्ता

उपराष्ट्रपति पुन र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेटवार्ता गरेका छन्। उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको भेटवार्तामा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको बताएको प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए।

अब नेपाल आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको चर्चा गर्दै उनले युगौँदेखिको नेपाल–भारत सम्बन्ध सांस्कृतिक, धार्मिक, भाषिक हुँदै जनस्तरसम्म प्रगाढ रहेको बताए।

उपराष्ट्रपति पुनले आउँदै गरेको भारतको ७० औँ स्वतन्त्रता दिवसको अवसरमा राजदूतमार्फत भारतीय राष्ट्रपति, समकक्षी, प्रधानमन्त्री, राजनेता र आम भारतीय जनतामा शुभकामना व्यक्त गरे।

भेटमा भारतीय राजदूत सिंहले अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको बताएको प्रेस संयोजक घर्तीले जानकारी दिए।

भर्खरै सम्पन्न निर्वाचनमा नेपाली जनताको अभिमतलाई भारतले स्वागत र सम्मान गर्ने बताउँदै उनले निर्वाचनले नेपालको लोकतन्त्रलाई सुदृढ गरेको भनाइ राखे।

राजदूत सिंहले भारत र नेपालबीच राजनीतिक र भौगोलिक सिमानाको सम्बन्धमा मात्रै सिमित नरही जनस्तरसम्म फैलिएको उल्लेख गर्दै प्रविधि, पूर्वाधार, जलविद्युत्, व्यापारलगायत क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत सदैव तयार रहेको बताए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.